IME Life
Beema Board

तीन कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम मौका

SPIL
NIC ASIA

काठमाडौं । तीन जलविद्युत् कम्पनीको आइपीओ खरीद गर्ने आज फागुन २५ गते अन्तिम दिन रहेको छ । यी तीन कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ विक्री गरेको हो । दोल्ती पावर कम्पनी, भूगोल इनर्जी डेभलपमेन्ट र मेन्छियाम हाइड्रोपावर लिमिटेडको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज फागुन २५ गतेसम्म मात्र आवेदन दिन पाउनेछन् ।

दोल्ती पावर र भूगोल इनर्जीले फागुन ८ गतेदेखि र मेन्छियाम हाइड्रोपावरले फागुन १० गतेदेखि पहिलो चरणको आईपीओ जारी गरेका हुन् । पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली र आयोजना प्रभावित स्थानीयमा यी कम्पनीहरूले आइपीओ निष्काशन गरेका हुन् ।

Prabhu
Crest

आयोजना प्रभावित स्थानीयका लागि पनि आईपीओ विक्री अवधि फागुन २५ गतेसम्म तोकिएको छ । यस अवधिसम्म मागबमोजिम स्थानीय बासिन्दाको आवेदन नपरेमा भने दोल्ती पावर र भूगोल इनर्जीको लागि चैत ७ गते एवं मेन्छियाम हाइड्रोपावरको लागि चैत ९ गतेसम्म विक्रीमा रहने छ।

दोल्ती पावरले आयोजना प्रभावित स्थानीयका लागि ५ लाख ३६ हजार ४८६ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ७ हजार २९८ कित्ता शेयर जारी गरेको हो । त्यस्तै भूगोल इनर्जीले आयोजना प्रभावित स्थानीयका लागि ५ लाख ४४ हजार ५३ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ८ हजार ८११ कित्ता शेयर जारी गरेको हो ।

मेन्छियाम हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयका लागि ५ लाख ४२ हजार ५८३ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ८ हजार ५१७ कित्ता आइपीओ जारी गरेको हो ।

यी तीन वटै कम्पनीको आइपीओ विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS