IME Life
Beema Board

आइएमई जनरल र प्रुडेन्सियललाई धितोपत्र बोर्डले दियो मर्जरको पुर्व स्वीकृति

SPIL
NIC ASIA

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आइएमई जनरल इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई मर्जरको पूर्व स्वीकृति प्रदान गरेको छ । दुबै कम्पनीले एक आपसमा मर्जरको सहमति भए पछि गत फागुन २ गते नेपाल धितोपत्र बोर्ड सँग मर्जरक पूर्व स्वीकृतिका लागि निवेदन पेश गरेका थिए ।

धितोपत्र बोर्डले धितोपत्र दर्त गाएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ मा रहेको व्यवस्था बमोजिम पूर्व स्वीकृति प्रदान गरेको हो । दुबै कम्पनीले गत माघ २७ गते बराबर स्वाप रेसियोमा मर्जर गर्ने प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । हाल दुबै कम्पनीका आधारभुत शेयरधनीको कारोबार रोक्का रहेको छ ।  एक प्रतिशत भन्दा कम शेयर स्वामित्व रहेका शेयरधनीहरुको शेयर कारोबार भने खुला नै छ ।

Prabhu
Crest

दुबै कम्पनी मर्जरका आवस्यक प्रकृयाँमा सक्रिय रहेका छन् । आइएमई समुह मर्जरको क्षेत्रमा अन्य कम्पनीहरु भन्दा अलि आक्रामक हुँदै आइरहेको छ । यसै क्रममा आइएमई जनरल र प्रुडेन्सियल विचमा पनि मर्जरको सहमति भएको हो । बीमा प्राधिकरणले यी दुई कम्पनी सहित नेपाल इन्स्योरेन्स कम्पनीलाई पनि मर्जरमा सहभागी गराउन खोलेको थियो । तर प्राधिकरणको प्रयास सफल हुन सकेन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS