IME Life
Beema Board

क्यापिटल प्लानको समय थप गर्न बीमा कम्पनीहरुको माग, नेपाल बीमक संघले प्राधिकरणमा प्रस्ताव लैजाने

SPIL
NIC ASIA

काठमाडौं । बीमा कम्पनीहरुले क्यापिटल प्लानको समय थप गर्ने प्रस्ताव अगाडी बढाउन नेपाल बीमक संघलाई अनुरोध गरेका छन् । नेपाल बीमक संघको बैठकमा निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको क्यापिटल प्लानको समय थप्नका लागि संघ मार्फत प्राधिकरण समक्ष प्रस्ताव लैजानु पर्ने सुझाव दिएका हुन् ।

नेपाल बीमा प्राधिकरणले गत वर्षको चैत १० गते जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरुको पूँजी बढाउने निर्णय गरेको थियो । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले यहि चैत मसान्त भित्र तोकिएको पूँजी जुटाउनु पर्ने व्यवस्था छ । जीवन बीमा कम्पनीहरुले ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुले साढे दुई अर्ब पुर्याउनु पर्नेछ ।

Prabhu
Crest

तर हालसम्म जम्मा दुई बीमा कम्पनीहरुको मात्रै पूँजी पुरा भएको छ । शिखरले बोनस शेयर दिएरै २ अर्ब ६५ करोड पुर्याएको छ भने सिद्धार्थ प्रिमियरले मर्जर गरेर २ अर्ब ८० करोड पुर्याएको छ । यस अवधिमा मर्जर सम्पन्न गरेका हिमालयन एभरेष्ट र सानिमा जिआइसीको पनि न्युनतम चुक्ता पूँजी पुग्न सकेको छैन ।

निर्जीवन तर्फ अझै अजोड र युनाइटेड, आइएमई र प्रुडेन्सियल, सगरमाथा र लुम्बिनी मर्जरको प्रकृयाँमा छन् । मर्जरकै क्रममा रहेका कम्पनीहरु मध्ये अजोड र युनाइटेडको जोडीको न्युनतम चुक्ता पूँजी पुग्ने छैन । एकातिर मर्जर गरेका कम्पनीहरुको पूँजी पुगिरहेको छैन र अर्को तर्फ अन्य कम्पनीहरु मर्जर प्रकृयाँमै जान नसकिरहेको अवस्थामा क्यापिटल प्लान थप गर्नु पर्ने बीमा कम्पनीहरुको भनाइ रहेको छ ।

निर्जीवन बीमा क्षेत्रमा ६ वटा मर्जर सम्पन्न हुने देखिन्छ । प्राधिकरणले यहि चैत मसान्त भित्र बीमा कम्पनीहरुलाई स्वतस्फुर्त मर्जरमा जान प्रोत्साहन गर्ने र त्यस पछि फोर्स मर्जरमा जान दवाव दिने रणनीति बनाएको छ । बीमा कम्पनीको संख्या धेरै भएको भन्दै जसरी पनि संख्या घटाउने रणनीतिमा प्राधिकरण रहेको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको क्यापिटल प्लान अजै अन्योलमै छ । लेखापरीक्षण प्रतिवेदन तयार पार्न नसक्दा राष्ट्रिय बीमा कम्पनीमा ठुलो समस्या यथावत नै छ । कम्पनी भित्रको चरम राजनीतिकरण र पुराना कर्मचारीले नयाँ कर्मचारीलाई काम गर्नै नदिने वातावरणका कारण अझै ठुलो समस्या सिर्जना गरेको छ । जुन बीमा प्राधिकरणको नियन्त्रण भन्दा बाहिर छ । विदेशी बीमा कम्पनीको शाखाका रुपमा रहेका नेशनल र ओरिएन्टलको क्यापिटल प्लान छैन ।

जीवन बीमा तर्फ पनि धेरै कम्पनीको पूँजी जुट्न सकेको छैन । नेपाल लाइफ बाहेक कसैको पनि पूँजी पुगेको छैन । नेशनल लाइफले गत आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर दिएर सहजै पूँजी जुटाउन सक्ने छ । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षकै लेखापरीक्षण प्रतिवेदन बनाउन तथा साधारणसभा गर्न बाँकी भएकाले पनि उनिहरुलाई अझै दुई तीन महिना आवस्यक पर्ने देखिन्छ ।

क्यापिटल प्लानको लागि कति चाहिएला समय

निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गरिसकेका छन् । अव बोनस शेयरबाटै पूँजी जुटाउने रणनीतिमा रहेका बीमा कम्पनीहरुलाई कम्तिमा पनि माघसम्मको समय आवस्यक पर्ने देखिन्छ । यदि प्राधिकरणले आगामी माघसम्म समय थप गर्यो भने बोनस शेयर दिएर पूँजी पुर्याउने योजनामा रहेका कम्पनीहरुले सहजै पुर्याउने छन् ।

बीमा ऐनले नै आर्थिक वर्ष समाप्त भएको ५ महिना भित्रमा लेखापरीक्षण प्रतिवेदन तयार पार्नु पर्ने व्यवस्था गरेको हुँदा बीमा कम्पनीहरु आगामी वर्षदेखि समयमा लेखापरीक्षण सम्पन्न गर्न बाध्य हुने छन् । यस वर्षदेखि सबै बीमा कम्पनीहरु ट्र्याकमा आउने भएकाले आगामी वर्षदेखि सजिलो हुने भएको हो । त्यसैले बीमा कम्पनीहरुको क्यापिटल प्लानका लागि सबैभन्दा उपयुक्त समय माघ मसान्त नै हो ।

मर्जरमा जादा पनि पूँजी जुटाउन नसकेका कतिपय कम्पनीहरुले बोनस शेयर दिएर पनि पूँजी पुर्याउन सक्दैनन् । त्यसैले गर्दा उनिहरुका लागि हकप्रद शेयर निष्काशनको विकल्प छैन । उनिहरुकै लागि पनि हकप्रद शेयर निष्काशनका लागि पनि पूँजी बृद्धि योजनाको समय थप गर्नु पर्ने देखिन्छ । प्राधिकरणले बोनश शेयर दिएर ३० प्रतिशतसम्म पूँजी अपुग भएमा हकप्रद शेयर निष्काशन गर्न दिने बताउदै आएको छ । यी सबै कुरालाई मध्यनजर गर्दै बीमा प्राधिकरण पनि क्यापिटल प्लानको समय थप गर्ने पक्षमा रहेको बुझिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS