IME Life

मोलुङ्ग हाइड्रोपावरको आइपीओ प्रिअलोटमेन्ट सम्पन्न, भोलि बाँडफाँड हुने

SPIL
NIC ASIA

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन ४ गतेदेखि १० गतेसम्म निष्काशन गरेको आइपीओ भोलि बाँडफाँड गर्ने जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालय कमलपोखरीमा शेयर बाँडफाँड हुने भएको हो । कम्पनकिो आइपीओ प्रि अलोटमेन्ट सम्पन्न भई भोलि बाँडफाँड गर्ने जनाएको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार प्रि अलोटमेन्टको काम सकिएपछि भोलि शुक्रबार बिहान १० बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।

Prabhu
Crest

उक्त आइपीओमा पछिल्लो तथ्यांक अनुसार करिब १५ लाख आवेदक १ अर्ब ६६ करोड रुपैयाँ बराबरको १ करोड ६६ लाख कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको २२ लाख ६४ हजार ६५५ कित्ता शेयरको ७ गुणा भन्दा बढी हो ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS