IME Life
Beema Board

प्रभु क्यापिटलको उत्कृष्ट फण्ड व्यवस्थापन कलाः नेप्सेमा २२.४८ प्रतिशतको गिरावट हुँदा समेत प्रभु सेलेक्ट फण्ड ५.८० प्रतिशतको वृद्धि

SPIL
NIC ASIA

काठमाडौं । नेपाली पूँजी बजारमा प्रभु क्यापिटल लिमिटेड धेरै नै परिचित नाम हो । विशेषगरी आफ्ना ग्राहकहरुलाई नविनतम प्रविधिको प्रयोग गरी उत्कृष्ट सेवा छिटो छरितो ढंगबाट उपलब्ध गराएका कारण यसले नेपाली पूँजी बजारमा विशेष स्थान कायम गर्दै आएको छ । मर्चेन्ट बैंकिंग संस्थाहरु मध्येमा सबैभन्दा ठूलो चुक्ता पूँजी कायम गर्दै अगाडि बढेको यस क्यापिटलले चुक्ता पूँजी १ अर्ब कायम गरेको छ ।

प्रभु क्यापिटल नेपाली पूँजी बजारमा आफ्नो उत्कृष्ट सेवाका कारण त परिचत छ नै यसका साथै यसले लगानी व्यवस्थापन तथा उत्कृष्ट ढंगबाट समेत फण्ड व्यवस्थापन गर्दै आएका कारण समेत यस क्यापिटल प्रति लगानीकर्ताहरुले विश्वास गर्दै आएको देखिन्छ । क्यापिटलले आफ्ना लगानी व्यवस्थापन सेवा अन्तरगतका लगानीकर्ताहरुलाई लगानी रकमको ५ गुणा सम्म ३ वर्षको अन्तरालमा प्रतिफल प्रदान गर्न सफल भएका कारण समेत साधारण लगानीकर्ताहरु प्रभु क्यापिटलले व्यवस्थापन गर्ने सामुहिक लगानी योजना प्रति विश्वस्त देखिँदै आएका छन् ।

Prabhu
Crest

क्यापिटलले करिब २ वर्ष अघि निष्काशन गरेको पहिलो सामुहिक लगानी योजना प्रभु सेलेक्ट फण्डमा झण्डै ४ गुणा बढिले ओभर सब्सक्राइब भएबाट नै लगानीकर्ताहरुले प्रभु क्यापिटल र यसको लगानी व्यवस्थापन सेवालाई विश्वास गरेको देख्न सकिन्छ । सम्भतः नेपाली पूँजी बजारको ईतिहासमै सामुहिक लगानी योजनामा त्यत्ति धेरै गुणाले ओभर सब्सक्राइब भएको हो ।

प्रभु सेलेक्ट फण्डको अवस्था

प्रभु सेलेक्ट फण्डले निष्काशन हुँदाको बखतमा नेप्से परिसूचक २९०० आसपास रहेको थियो । निष्काशन भएको केही समय पश्चात् नेप्से परिसूचक बढेर ३१९८ पुग्दा सोही क्रममा प्रभु सेलेक्ट फण्डमा समेत यस्को प्रभाव सकारात्मक परेको थियो ।

नेप्से परिसूचक ३१९८ पुगेपछि त्यहाँबाट क्रमिक रुपमा नेप्से परिसूचक घटेर तल आउँदा यसको प्रभाव प्रभु सेलेक्ट फण्डमा पनि परेको देखिन्छ । किनकी अहिलेको हाम्रो पूँजी बजारमा मुनाफा हुनको लागि खरिद गरेपछि बजार बढ्नै पर्ने हुन्छ । त्यस्तो अवस्थामा शेयरबजार नकारात्मक हुँदा र नेप्से परिसूचक नकारात्मक हुँदा प्रभु सेलेक्ट फण्डले सूचिकृत संगठित संस्थाहरुको शेयरमा मात्रै लगानी गर्ने भएको पक्कै पनि त्यसको प्रभाव प्रत्यक्ष रुपमा पर्दछ । यद्यपि प्रभु क्यापिटलको लगानी व्यवस्थापन कौशलका कारण बजारमा निरन्तरको उतारचढाव हुँदै गर्दा यसले नेप्सेको नकारात्मक प्रभावलाई विस्तारै कम गर्दै लगेको देख्न सकिन्छ ।

माथिको चार्टमा हे¥यौं भने पनि हामी नेप्से परिसूचक प्रभु सेलेक्ट फण्ड जारी भएको अवस्थाबाट हालको अवस्थामा आउँदा २२.४८ प्रतिशतले नकारात्मक हुँदा प्रभु सेलेक्ट फण्डको न्याभमा भने ५.८० प्रतिशतको लाभ प्राप्त गर्न सफल भएको देखिन्छ । र यस्तै गरी अगाढि बढ्दै जाँदा चालु आर्थिक वर्षको लागि प्रभु सेलेक्ट फण्डले आफ्ना युनिट होल्डरलाई प्रतिफल समेत वितरण गर्न सक्ने देखिन्छ । यो लेख तयार पार्दा सम्म प्रभु सेलेक्ट फण्डको न्याभ रु. १०.५८ रहेको छ ।

प्रभु सेलेक्ट फण्ड सँगै निष्काशन भएका अन्य फण्ड सँगको तुलना गर्दा

यसबाहेक पनि प्रभु सेलेक्ट फण्डसँगै निष्काशन भएका अन्य फण्डहरुसँग तुलना गर्दा प्रभु क्यापिटलले आफ्नो पहिलो सामुहिक लगानी योजनालाई तुलानात्मक रुपमा निकै उत्कृष्ट ढंगबाट व्यवस्थापन गर्दै आएको देखिन्छ ।

सन् २०२१ को फेबु्रअरीबाट प्रभु क्यापिटलसँग निष्काशन भएका ९ वटा सामुहिक लगानी योजनाहरुको न्याभ उतारचढावको ग्राफलाई दाँजेर हेर्ने हो भने प्रभु क्यापिटलले व्यवस्थापन गरेको प्रभु सेलेक्ट फण्ड न्याभको आधारमा दोश्रो स्थानमा रहेको देखिन्छ । प्रभु सेलेक्ट फण्डको न्याभ यसबीचमा १०.५८ रहेको छ । पहिलोमा प्रभु सेलेक्ट फण्ड भन्दा अगाडि नेप्से परिसूचक करिब २४०० आसपास हुँदा निष्काशन भएको कुमारी क्यापिटलको पहिलो सामुहिक लगानी योजना कुमारी इक्विटि फण्ड रहेको छ । यसको न्याभ यो लेख तयार पारेको मितिसम्म ११.१० कायम रहेको देखिन्छ । यसरी अन्य लगानी व्यवस्थापकहरुसँग दाजेर हेर्ने हो भने पनि हामीलाई प्रभु क्यापिटलसँग रहेको लगानी कौशलको बारेमा अनुमान गर्न सकिन्छ ।

सामुहिक लगानी योजना लगानी दक्षता नभएका तथा लगानी गर्नका लागि पर्याप्त समय प्रदान गर्न नसक्ने एवं दिर्घकालिन अवधिका लागि लगानी गर्न चाहने सबै प्रकारका लगानीकर्ताहरुलाई लक्षित गरेर तयार गरिएको हुँन्छ । विशेषगरी बन्दमुखी सामुहिक लगानी योजनाहरु निश्चित अवधि पश्चात उक्त योजनाका युनिट होल्डरहरुलाई सो बखतमा कायम न्याभका आधारमा पुनः फिर्ता गर्ने गरी निश्चित ५ वर्ष, ७ वर्ष अथवा १० वर्ष अवधिका लागि सञ्चालन गर्ने गरिन्छ । यसबीचमा योजना व्यवस्थापकले योजनाको व्यवस्थापनबाट प्राप्त मुनाफाबाट हरेक वर्ष नगद लाभांश समेत वितरण गर्ने गर्दछन् । तसर्थ शेयरबजारमा लगानी गर्न चाहने लगानीकर्ताहरुले दोश्रो बजारको जोखिमलाई कम गर्दै लगानी चाहेको खण्डमा यस्ता किसिमका सामुहिक लगानी योजनाहरुमा लगानी गर्न उपयुक्र्त हुने गर्दछ । यसबीचमा बन्दमुखी योजनाहरु भने नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भइ कारोबारसमेत हुने गर्दछ । यसरी कारोबार हुँदा लगानीकर्ताहरुले अल्पकालिन अवधिका लागि पूँजीगत लाभ हुने प्रकृतिका विभिन्न सूचीकृत कम्पनीहरुमा अत्याधिक जोखिम लिएर लगानी गर्ने गर्दछन् ।

जसबाट पूँजीगत रुपमा लाभ वा हानी समेत हुने गर्दछ । त्यस आधारमा सूचीकृत सामुहिक लगानी योजनाहरुमा भने पूँजीगत लाभ वा पूँजीगत घाटाको जोखिम कम हुने भएको हुँदा निकै थोरै मात्र माग र आपूर्ति भई कारोबार हुने गर्दछ । तसर्थ यसरी कारोबार हुँदा अधिकांश समय सूचिकृत सामुहिक लगानी योजनाको दोश्रो बजारको कारोबार मुल्य सो योजनाको न्याभ भन्दा तल रहेर डिस्काउन्टमा कारोबार हुने गर्दछ । त्यसैलाई आधार बनाएर सामुहिक लगानी योजनामा लगानी गर्दा घाटा हुन्छ भन्ने धारणा अधिकांश लगानीकर्ताहरुमा रहको हुन्छ । तर यस्ता योजनाहरुले लगानीकर्ताहरुलाई दिर्घकालिन रुपमा अन्य धितोपत्रको तुलनामा कम जोखिम सहितको उच्च प्रतिफल प्रदान गर्ने विषयलाई भने निक्कै थोरैमात्रै लगानीकर्ताहरुले हेक्का राख्ने गरेको पाइन्छ ।

त्यसैले सामुहिक लगानी योजनामा लगानी गर्न चाहने लगानीकर्ताहरुले दिर्घकालीन अवधिका लागि कम जोखिम सहित लगानी गर्न चाहँदा यस्ता सामुहिक लगानी योजनाहरुमा लगानी गर्नु उपयक्र्त हुने देखिन्छ । किनकी दिर्घकालिन अवधिका लागि बन्दमुखी लगानी योजनामा लगानी गर्दा लगानीकर्ताहरुले काराबोर मुल्यबाट लाभ पाउने नभई योजनाको व्यवस्थापनबाट प्राप्त न्याभका आधारमा वार्षिक नगद लाभांश तथा अन्त्यमा लगानी युनिटका आधारमा कायम न्याभको हिसाबले प्रतफल पाउने गर्दछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS