IME Life
Beema Board

ग्लोबल आइएमई समुन्नत योजना–१ चैत ११ गते परिपक्क हुने

SPIL
NIC ASIA

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–१ आगामी चैत ११ गते परिपक्क हुने भएको छ । २०७२ साल माघ १३ गते योजना सञ्चालनको अनुमति पाएको योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले योजना खारेजी गर्ने जनाएको छ ।

योजना व्यवस्थापकका अनुसार सामूहिक लगानीकोष नियमावली, २०६७ मा भएको व्यवस्था अनुसार योजना खारेजीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएको छ । योजना खारेजी प्रक्रियाका लागि चैत ९ गते बिहीवारसम्म कायम इकाई धनीहरूलाई योग्य गराईने योजना व्यवस्थापकले जनाएको छ ।

Prabhu
Crest

योजना खारेजी पछिको योजना अन्तर्गतका सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरूलाई उनीहरूको स्वामित्वको आधारमा भुक्तानी दिईने जनाएको छ । यस योजनाको इकाईहरू खरीद गरी हालसम्म पनि आफ्नो इकाई अभौतिकिकरण नगराएका इकाईधनीहरूलाई यथासिघ्र गराउन समेत योजना व्यवस्थापकले आग्रह गरेको छ ।

यस योजनाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ४ प्रतिशत र आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट १०० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS