IME Life
Beema Board

दुई म्युचुअल फण्डले बोर्डबाट पाए इकाई निष्काशनको अनुमति

SPIL
NIC ASIA

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट दुई नयाँ म्युचुअल फण्डले इकाई निष्काशन गर्नका लागि स्वीकृति पाएका छन् । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ र कुमारी सुनौलो योजनाले इकाई निष्काशन गर्न सेबोनबाट अनुमति पाएका हुन् ।

सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आउने सिद्धार्थ इन्भेष्टमेन्ट फण्डले १२ करोड इकाई निष्कासन गर्नका लागि स्वीकृति पाएको हो । कोष प्रवर्द्धक सिद्धार्थ बैंक र योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । सेबोनबाट स्वीकृति पाएसँगै यस योजनाले १० रुपैयाँ अंकित दरका कुल १२ करोड बराबरको इकाई विक्री गर्नेछ ।

Prabhu
Crest

त्यस्तै कुमारी म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आउने कुमारी सुनौलो योजनाले १० करोड इकाई निष्काशन गर्न सेबोनबाट फागुन ३ गते स्वीकृति पाएको हो । कोष प्रवर्द्धक कुमारी बैंक र योजना व्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको छ । सेबोनबाट स्वीकृति पाएसँगै यस योजनाले १० रुपैयाँ अंकित दरका कुल १० करोड बराबरको इकाई विक्री गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS