IME Life
Beema Board

उधारो बीमाको विकृति अन्त्य पछि डिस्काउन्ट अफरको नाममा अस्वस्थ प्रतिस्पर्धा, छुट रकम हातमै !

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले उधारो बीमाको विकृतिलाई अन्त्य गरे सँगै बजारमा डिस्काउन्ट अफरको नाममा अस्वस्थ प्रतिस्पर्धा हुन थालेको छ । प्राधिकरणले नन ट्यारिफ व्यवसायमा हुँदै आएको उधारो बीमा पोलिसी बिक्री गर्ने प्रवृत्तीलाई न्युनतम दर निर्धारण गरिदिए पछि लगभग यस्तो काम बन्द हुँदै आएको छ ।

तर हिजोका दिनमा उधारोमा बीमा गराउदै आएका समुहले बीमा कम्पनीहरु सँग डिस्काउन्ट माग्दै हिडेका छन् । उनिहरुले कम्पनीहरु सँग डिस्काउन्टको बागर्नेनिङ गर्दै हिड्न थाले पछि कम्पनीहरु पनि निरिह भएर हातमा आएको व्यवसाय किन गुमाउने भन्दै सक्दो डिस्काउन्ट दिइरहेका छन् ।

Prabhu
Crest

बीमा कम्पनीहरुले कर्पोरेट डिस्काउन्ट, नो क्लेम डिस्काउन्टदेखि लिएर धेरै वटा शिर्षकमा दिदै आएका छन् । कम्पनीहरुले नो क्लेम डिस्काउन्ट अन्तर्गत २५ प्रतिशत, कर्पोरेट डिस्काउन्ट अन्तर्गत १० प्रतिशतसम्म डिस्काउन्ट दिने प्रचलन धेरै पुरानो हो । तर डिस्काउन्ट यतिमा मात्रै सिमित छैन । भोलि बकाइदा दाबी पर्ने जोखिमयुक्त बीमा व्यवसायमा पनि अत्याधिक डिस्काउन्ट दिने प्रचलन बढेको छ । बीमा कम्पनीहरुले बीमितलाई आकर्षित गर्न छुट बापतको पैसा नगदको रुपमा हातमै उपलब्ध गराउने गरेको पाइएको छ । ग्राहकको अनुरोधमा बीमा कम्पनीहरुले छुट बापतको रकम नगदमा उपलब्ध गराउनु भनेको पोलिसी बिक्रि होइन खरिद गरिरहेका छन् ।

इन्जिनियरिङ तथा ठेक्कापट्टा बीमामा यस्तो प्रवृत्ती धेरै छ । अर्को तर्फ पोर्टफेलियोमा पनि डिस्काउन्ट माग्नेको कमि छैन । उनिहरुले बीमा पोलिसी खरिद प्रकृयाँमा कम्पनी सँग डिल गर्दा ‘यतिसम्म डिस्काउन्ट पाइन्छ भने बीमा गर्ने हो नत्र अर्को कम्पनीमा जान्छौ’ भन्दै वार्गेनिङ गर्ने गरेका छन् । कतिपय ग्राहकहरुले कम्पनीको उच्च व्यवस्थापन तहका कर्मचारी सँगै डिल गर्ने गरेको पाइएको छ । इन्स्योरेन्स खवरलाई कुनै एक नयाँ जीवन बीमा कम्पनीले दिएको डिस्काउन्टको विवरण नै प्राप्त भएको छ । यस्तै अन्य कम्पनीका उच्च व्यवस्थापन तहका कर्मचारीहरु समेत यस विषयमा सहमति जनाउछन् । प्राधिकरणले तय गरिदिएको बीमा शुल्कलाई सबैले पच्छाउने हो मार्केटिङ गर्न धेरै गाह्रो छ । त्यसैले प्राधिकरणले तय गरेको न्युनतम दरमा पनि डिस्काउन्ट दिने प्रचलन बढेको हो ।

ठेक्का पट्टाको बीमामा कम्पनीहरुले पोलिसी संख्या  र बीमा शुल्क आर्जन बढेको  देखाउन उधारोमै पोलिसी जारी गर्ने गरेका थिए । यसरी जारी भएका उधारो पोलिसीहरुमा दाबी पर्ने अवस्थामा मात्रै बीमा शुल्क भुक्तानी हुने गर्थ्यो । दाबी नपर्ने अवस्थामा कतिपय कम्पनीहरुले बीमा शुल्क समेत प्राप्त गर्ने गरेका थिएनन् । सामान्य शुल्क लिएर कम्पनीहरुले आवस्यक कानुनी कागजपत्रका लागि कागजमा मात्रै बीमा गर्ने गतल अभ्यासले बीमा क्षेत्र नै बदनाम हुने अवस्था थियो । यस्ता कामहरु अझै पनि कहि कतै भइरहेका छन् । तर प्राधिकरणले यस्ता कामहरुलाई डिस्करेज गरिरहेको छ ।

नेपालमा अझै पनि बीमा सुरक्षाका लागि गर्नु पर्छ भन्ने मान्यताको पुर्ण रुपमा विकास हुन सकेको छैन । बाध्यात्मक अवस्थामा मात्रै बीमा गर्ने अथवा सरकारले अनिवार्य गरेका क्षेत्रको मात्रै बीमा गर्ने अभ्यास अधिक छ ।

बाहिर देखाउन एउटा तथ्याङ् र यथार्थको तथ्याङ्क अर्कै हुँदा कम्पनीहरु भित्र भित्रै खोक्रो हुँदै जाने क्रम बढेको छ । अर्को तर्फ बीमा कम्पनीहरु विच पाएको व्यवसाय नछाड्ने भन्ने प्रवृत्ती धेरै छ । यसो हुँदा कम्पनीहरुले अत्याधिक जोखिमयुक्त व्यवसाय पनि ग्रहण गर्ने गरेका छन् ।

यस्तो अवस्थामा कम्पनीहरु विच अस्वस्थ प्रतिस्पर्धा चर्कीएको छ । हाल बजारमा १८ वटा निर्जीवन बीमा कम्पनी छन् । मर्जर प्रकृयाँबाट दुई वटा कम्पनी घटेका छन् । अझै केहि कम्पनी घट्ने प्रकृयाँमा छन् । कम्पनी धेरै हुँदा अस्वस्थ प्रतिस्पर्धा चर्कीएको विज्ञहरु बताउछन् । प्राधिकरणले अस्वस्थ प्रतिस्पर्धा घटाउन र कम्पनीको क्षमता बढाउन मर्जरको नीति लिएको छ । यसै क्रममा जीवन तथा निर्जीवन दुबै तर्फ कम्पनीको संख्या घट्ने क्रम बढिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%

खुसी

0%

दु :खी

43%

अचम्मित

14%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS