IME Life
Beema Board

बरुण हाइड्रोपावरले आब्हान गर्यो साधारण सभा, यस्ता छन् पाँच एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन २८ गते १९औं वार्षिक साधारण सभा गर्दैछ । कम्पनीको फागुन ३ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा अनामनगरको युनियन हाउसमा आयोजना गर्ने जनाएको छ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८ /७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने प्रस्ताव पेश हुनेछ ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७९/८० को लेखा परिक्षण गर्न लेखा परिक्षकको नियुक्ति एवंम निजको पारिश्रमिक निर्धारण गर्ने, आर्थिक वर्ष २०७८/७९ मा संचालक समितिबाट भए गरेका निर्णयहरु अनुमोदन गर्नेछ ।

सभाले कम्पनीले गरेका लगानी स्वीकृत गर्ने साथै लगानी सम्बन्धी संचालक समितिलाई अख्तीयारी दिने, संस्थापक शेयरधनीहरुबाट ४ जना तथा सर्वसाधारण शेयरधनीबाट २ जनाको प्रतिनिधित्व हुने वा सर्वसाधारण शेयरधनीबाट २ जनाको प्रतिनिधित्व हुने गरी संचालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन्।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS