IME Life

एक वर्षमा मुद्रास्फिती १२ प्रतिशतले बढ्ने राष्ट्र बैंकको सर्वेक्षण

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकको सर्वेक्षणले आगामी एक वर्षमा मुद्रास्फीति अर्थात मूल्य बृद्धि १२ प्रतिशत रहने देखाएको छ । आगामी तीन महिना र एक वर्ष पछिको मध्यक अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२.० प्रतिशत रहेको छ ।

राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको दोश्रो त्रैमासको अपेक्षित मुद्रास्फीतिको सर्वेक्षण नतिजा सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले देशका ६० बजार क्षेत्रका २ हजार १० जना उत्तरदाताहरुसँग अन्तरवार्तामार्फत सर्वेक्षण गरेको थियो ।

Prabhu
Crest

जसमध्ये ८४.६ प्रतिशत उत्तरदाताले आगामी ३ महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९२.३ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन् ।

राष्ट्र बैंकका अनुसार अबको तीन महिनामा र एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरुको हिस्ता २०७९ असोजको तुलनामा घटेको छ । खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध, घ्यू तथा तेल र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूहमा अबको तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोजको तुलनामा बढेको सर्वेक्षणमा देखिएको छ ।

गैर-खाद्य वस्तु तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोजको तुलनामा केही घटेको छ ।

तीन महिना पछि र एक वर्ष पछिको मध्यक अपेक्षित मुद्रास्फीति २०७९ असोजकोतुलनामासमान रहेको छ भने तीन महिना पछिको औसत र एक वर्ष पछिको औसत अपेक्षित मुद्रास्फीति घटेको छ । तीन महिना र एक वर्ष पछिको मध्यक अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२.० प्रतिशत रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS