IME Life
Beema Board

दोस्रो त्रैमासमा कुन निर्जीवन बीमा कम्पनीको प्रति शेयर आम्दानी कति ?

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०७९ /८० को दोस्रो त्रैमासको वित्तीय विवरण सबै निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरिसकेका छन् । यी कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरणलाई हेर्दा चार कम्पनीको नाफा घटेको छ भने बाँकी कम्पनीहरुको मुनाफामा बृद्धि भएको देखिएको छ ।

दोस्रो त्रैमासको आधारमा कुन कम्पनीको प्रति शेयर आम्दानी कति ?
करपछिको नाफालाई कुल शेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई प्रतिशेयर आम्दानी भन्ने गरिन्छ । कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कुल शेयर संख्याले भाग गर्दा प्रतिशेयर आम्दानी प्राप्त हुन्छ । प्रतिशेयर आम्दानी शेयरको मूल्य मूल्यांकन मापन गर्ने एक महत्त्वपूर्ण आधार हो ।

Prabhu
Crest

प्रति शेयर आम्दानी उच्च भएकोलाई असल मानिन्छ भने कम भएकालाई कमसल मानिन्छ । उच्च प्रतिफल दिने कम्पनीको शेयरमा प्राय लगानीकर्ता आकर्षित हुन्छन । कम्पनीले गर्ने कुल नाफा भन्दा प्रति शेयर आम्दानी हेरेर लगानी गर्नु बढी लाभदायक हुन्छ । बढी प्रतिशेयर आम्दानी भएको कम्पनीमा लगानी गर्नु बढी प्रतिफलमुलक मानिने गरिएको छ । नेप्सेमा सूचिकृत १६ वटा निर्जीवन बीमा कम्पनीको प्रति शेयर आम्दानी कुनको कति छ हेरौं दोस्रो त्रैमासमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरणको आधारमाः

एनएलजी इन्स्योरेन्स कम्पनी कम्पनीको प्रति शेयर आम्दानी १६ रुपैयाँ ०८ पैसा रहेको छ । नेपाल इन्स्योरेन्स कम्पनीको प्रति शेयर आम्दानी २२ रुपैयाँ २३ पैसा –वार्षिक) रहेको छ । राष्ट्रिय बीमा कम्पनीको २८० रुपैयाँ ६७ रुपैयाँ रहेको छ । हिमालयन एभरेष्टको प्रति शेयर आम्दानी वार्षिक १० रुपैयाँ ०५ पैसा रहेको छ ।

त्यसैगरी प्रिमियर इन्स्योरेन्स कम्पनीको २२ रुपैयाँ २७ पैसा रहेको छ । नेको इन्स्योरेन्स कम्पनीको १७ रुपैयाँ ५० पैसा रहेको छ । यूनाइटेड इन्स्योरेन्स कम्पनीको १५ रुपैयाँ ६२ पैसा रहेको छ । सगरमाथा इन्स्योरेन्सको प्रति शेयर आम्दानी २६ रुपैयाँ ९० पैसा रहेको छ । प्रभु इन्स्योरेन्स कम्पनीको २९ रुपैयाँ रहेको छ ।

त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको १३ रुपैयाँ ५५ पैसा रहेको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १५ रुपैयाँ ९८ पैसा रहेको छ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको १५ रुपैयाँ ३९ पैसा रहेको छ । शिखर इन्स्योरेन्स कम्पनीको २१ रुपैयाँ ०६ पैसा रहेको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको २० रुपैयाँ ९९ पैसा रहेको छ । अजोड इन्स्योरेन्स कम्पनीको ९ रुपैयाँ ७६ पैसा रहेको छ । सानिमा जिआइसीको प्रति शेयर आम्दानी ११ रुपैयाँ ७५ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS