IME Life
Beema Board

एनएलजीको मुनाफामा समान्य सुधार, कुल बीमा शुल्क आर्जन एक अर्ब २० करोड

SPIL
NIC ASIA

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा ३.६१ प्रतिशतले मुनाफा बढाएको छ । कम्पनीले दोस्रो त्रैमाशिक अधविमा १० करोड ६६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो । गत वर्षको यहि अधविमा १० करोड २९ लाख रुपैयाँ थियो ।

खुद बीमा शुल्क आर्जन र कुल बीमा शुल्क आर्जनमा पनि सामान्य सुधार देखिएको छ । कम्पनीले समिक्षा अवधिमा ४३ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्दा कुल बीमा शुल्क आर्जन एक अर्ब २० करोड रुपैयाँ रहेको छ । गत वर्षको यहि अवधिमा खुद बीमा शुल्क आर्जन ४२ करोड ७१ लाख रुपैयाँ थियो भने कुल बीमा शुल्क आर्जन एक अर्ब २० करोड नै थियो ।

Prabhu
Crest

कम्पनीको जारी बीमालेख संख्यामा १२ प्रतिशतले गिरावट आएको छ । समिक्षा अवधिमा जम्मा एक लाख वटा पोलिसी जारी भएका छन् । गत वर्षको यहि अवधिमा जारी बीमालेखको संख्या एक लाख १४ हजार थियो ।

खुद दाबी भुक्तानी १.९० प्रतिशतले घटेको छ । पुस मसान्तसम्ममा कम्पनीले २३ करोड २४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले २३ करोड ७० लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । कम्पनीले अझै एक अर्ब ७ करोड रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ । गत वर्षको यहि अवधिमा एक अर्ब ७३ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी थियो ।

एनएलजीको चुक्ता पूँजी एक अर्ब ३२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३४ करोड १६ लाख रुपैयाँ रहेको छ । बीमा कोषमा एक अर्ब २० करोड रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी १६ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २२१ रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS