IME Life

चालु आर्थिक वर्षमा बजेटको आकार १५ खर्बमा झर्यो, यस्तो छ पुर्णपाठ

SPIL
NIC ASIA

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७९/८० का लागि बजेटको आकार घटाएको छ । अर्थमन्त्री विष्णु पौडेलले संसद बैठकमा बजेटको अर्धवार्षिक समीक्षा मार्फत बजेटको आकार २ खर्ब ४४ अर्ब रुपैयाँ घटाइएको जनाएका छन् । बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले १५ खर्ब ४९ अर्ब ९९ करोडमा सिमित गरेका हुन् ।

आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले बजेट खर्चमा चालुतर्फ ११ खर्ब ८३ अर्ब २३ करोड अनुमान गरिएकोमा संशोधित अनुमान १० खर्ब २१ अर्ब ९२ करोड कायम गरेका छन् । त्यस्तै पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अनुमान गरिएकोमा संशोधन गरी ३ खर्ब १३ अर्ब ८५ करोड हुने जनाएका छन् ।

Prabhu
Crest

त्यसैगरी राजस्वतर्फ कुल संकलन लक्ष्य सुरु बजेटमा १४ खर्ब ३ अर्ब १४ करोड लक्ष्य लिइएकोमा संशोधन गरी १२ खर्ब ४४ अर्ब ७५ करोड कायम गरिएको छ । वैदेशिक अनुदानबाट ५५ अर्ब ४५ करोड रुपैयाँ लिने लक्ष्य रहेकोमा ३८ अर्ब ४५ करोड लिने बताएका छन् ।

वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड जुटाउने अनुमान गरिएकोमा १ खर्ब ७० अर्ब ५३ करोड मात्रै जुटाउने संशोधित अनुमान छ । आन्तरिक ऋणबाट २ खर्ब ५६ अर्ब जुटाउने लक्ष्य रहेकोमा संशोधन गरी २ खर्ब ४० अर्ब मात्रै परिचालन गर्ने लक्ष्य राखिएको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।

1676196449_अर्धवार्षिक समिक्षा 2079_80_10_29_2_45 Final

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS