IME Life

प्राधिकरणको क्रस होल्डिङ हटाउने प्रयास असफल, आइएमई र प्रुडेन्सियल विच मर्जर हुँदै

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी, प्रुडेन्सियल र आइएमई जनरलको क्रस होल्डिङ हटाउने नेपाल बीमा प्राधिकरणको प्रयास असफल भएको छ । तीन कम्पनीलाई मर्जर गराउने प्राधिकरणको प्रयास असफल भए पछि अन्तत क्रस होल्डिङ नै नभएका आइएमई जनरल र प्रुडेन्सियल विच मर्जर हुने सहमति भएको हो ।

आइएमई समुहको आइएमई जनरल इन्स्योरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनीमा क्रस होल्डिङ थियो । त्यस्तै मारवाडी समुदायको नेपाल इन्स्योरेन्स र प्रुडेन्सियलमा क्रस होल्डिङ थियो । तर आइएमईको प्रुडेन्सियल र मारवाडी समुदाको आइएमई जनरलमा लगानी छैन । एउटै स‌ंस्थापककाे एकै प्रकृतिकाे एकभन्दा बढी बीमा कम्पनीमा १ प्रतिशतभन्दा बढी लगानी भएकाे अवस्था क्रस हाेल्डिङकाे अवस्था हाे ।

Prabhu
Crest

प्राधिकरणको प्रयास असफल हुँदै गर्दा मर्जरको नीति क्रस होल्डिङ हटाउने भन्दा पनि संख्या घटाउने मात्रै देखिएको छ । नेपाल इन्स्योरेन्स कम्पनी र अन्य दुई कम्पनी विच स्वाप रेसियोमै कुरा नमिल्दा मर्जर भाडिएको हो । नेपाल इन्स्योरेन्स सँग भौतिक सम्पत्ती धेरै छ । त्यसैले गर्दा यस समुहले स्वाप रेसियो धेरै मागेको थियो ।

तीन वटा कम्पनीलाई मिलाउन खोज्दा अन्तत भोलि नै प्रुडेन्सियल र आइएमई विच मर्जरको सहमति हुँदैछ । दुई कम्पनी विच बराबरी हैसियतमा मर्जर गर्ने सहमति भएको हो । मर्जर पछि कम्पनीको नाम आइएमई जनरल नै रहनेछ । त्यस्तै मर्जर पछि कम्पनीको सञ्चालक समितिको अध्यक्षमा आइएमईका हेमराज ढकाल हुने सहमति भएको छ । प्रमुख कार्यकारी अधिकृतमा भने टुङ्गो लागेको छैन ।

हाल आइएमई जनरलको चुक्ता पूँजी एक अर्ब ८० करोड रुपैयाँ रहेको छ भने प्रुडेन्सियलको एक अर्ब १८ करोड रुपैयाँ छ । प्रुडेन्सियलले प्रस्ताव गरेको बोनस शेयर वितरण पछि चुक्ता पूँजी एक अर्ब २५ करोड पुग्नेछ । बराबरी हैसियतमा मर्जर हुँदै गर्दा मर्जर पछि चुक्ता पूँजी तीन अर्ब ५ करोड पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

67%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS