IME Life

यूनियन लाइफमा आधारभुत शेयरधनीको हिस्सा ६४ प्रतिशत, यी हुन् १३ सर्वाधिक ठुला लगानीकर्ता

SPIL
NIC ASIA

काठमाडौं । यूनियन लाइफमा आधारभुत शेयरधनीको संख्या १३ रहेको छ । एक प्रतिशत वा बढी शेयर स्वामित्व भएका आधारभुत शेयरधनीहरुको मात्रै शेयर स्वामित्व ६४.३७ प्रतिशत रहेको छ । जस सर्वाधिक धेरै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेयर गोल्छाको १३.९५ प्रतिशत रहेको छ ।

हिमालयन रिइन्स्योरेन्स कम्पनीमा अध्यक्ष हुनु भन्दा अगाडी उनि युनियन लाइफको सञ्चालक थिए । गोल्छाको आधारभुत लगानी ३० करोड रुफैयाँ रहेको छ । त्यस्तै शाहील अग्रवालको पनि गोल्छाकै जति ३० करोडको लगानी रहेको छ । आइपिओ निष्काशन गर्नु अगाडी यी दुई लगानीकर्ताको शेयर स्वामित्व १९.९३ प्रतिशत थियो ।

Prabhu
Crest

त्यस्तै शुलभ अग्रवालको यूनियन लाइफमा २७ करोड १५ लाख लगानी रहेको छ । यो भनेको १२.६३ प्रतिशत हिस्सा हो । त्यस्तै सन्दिप कुमार अग्रवाल, राहुल अग्रवाल र शरद कुमार टिव्रेवालको ४.६५ प्रतिशत लगानी रहेको छ । राजेश हार्डवेयरको २.३३ प्रतिशत, मंजु अग्रवाल ०.९३ प्रतिशत, गोयल मेटल इन्डष्ट्रिजको १.४० प्रतिशत, सालिमार इन्भेष्टमेन्टको २.३३ प्रतिशत, विमल सिद्धार्थ बद्यको ०.९३ प्रतिशत, सहयात्री ग्रुपको १.०५ प्रतिशत लगानी रहेको छ ।

आइपिओ निष्काशन गर्नु अगाडी आधारभुत शेयरधनीको हिस्सा ९१.९६ प्रतिशत थियो । सर्वसाधारण समुहको ३० प्रतिशत आइपिओ निष्काशन पछि उनिहरुको हिस्सा ६४.३७ प्रतिशतमा खुम्चिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS