IME Life
Beema Board

मोटरको आयात घट्दा बीमा कम्पनीको पोलिसी संख्यामा गिरावट, ननट्यारिफमा दर निर्धारण हुँदा व्यवसाय बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । मोटरको आयातमा गिरावट आउदा निर्जीवन बीमा कम्पनीहरुको जारी बीमालेख संख्यामा गिरावट आएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा बीमालेख संख्या ६.११ प्रतिशतले घटेको छ । जवकी यहि अवधिमा बीमा शुल्क आर्जन भने ५.१५ प्रतिशतले बढेको छ ।

रिटेल व्यवसायमा गिरावट आउदा समग्र निर्जीवन बीमा कम्पनीहरुको पोलिसी संख्यामा गिरावट आएको सानिमा जिआइसीका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले जानकारीले दिए । उनले भने ‘संख्यात्मक रुपमा गाडी तथा मोटर बीमा पोलिसी बढि छ । पछिल्लो समय यसको आयातमा धेरै गिरावट देखिन्छ । आयात घट्ने वित्तीकै बीमा पोलिसी संख्यामा पनि गिरावट आइहाल्छ ।’

Prabhu
Crest

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले १३ लाख ९५ हजार पोलिसी जारी गरेका छन् । गत वर्षको यहि अवधिमा १४ लाख ८५ हजार वटा पोलिसी जारी भएको थियो । यस अवधिमा संख्यात्मक रुपमा ९० हजार ८१९ वटा पोलिसी घटेको छ ।

सर्वाधिक धेरै युनाइटेड इन्स्योरेन्स कम्पनीको ३८ प्रतिशतले घटेको छ । पुस मसान्तसम्ममा जारी पोलिसी संख्या ५५ हजार ६३० रहेको छ । गत वर्षको यहि अवधिमा ८९ हजार ९९५ वटा थियो । त्यस्तै सगरमाथाको १६ प्रतिशतले घटेर एक लाख १४ हजार वटा पोलिसी जारी भएका छन् ।

प्रतिशतका हिसावले सबैभन्दा धेरै नेशनल इन्स्योरेन्स कम्पनीको ४१ प्रतिशतले बढेको छ । कम्पनीले ११ हजारबाट १५ हजार पुर्याएको छ । ११ वटा कम्पनीको पोलिसी संख्या घट्दा ७ वटाको भने बढेको छ । मर्जर सफल भएका दुई कम्पनीको भने बढेको छ । हिमालयन एभरेष्टको १५ प्रतिशतले बढेको छ । साविक हिमालयन र एभरेष्टले जारी गरेको पोलिसी संख्यालाई जोडेर तुलना गर्दा यस्तो देखिएको छ । त्यस्तै सानिमा जिआइएको पनि २.४६ प्रतिशतले बढेको छ ।

पोलिसी संख्या घटे पनि यस अवधिमा निर्जीवन बीमा कम्पनीले साविक नन ट्यारिफ व्यवसायबाट बीमा शुल्क आर्जन बढाएका हुन् । प्राधिकरणले इन्जिनियरिङ तथा ठेक्का पट्टा जस्ता पोलिसीलाई न्युनतम ट्यारिफ दर तोकिदिए पछि बीमा कम्पनीको बीमा शुल्क आर्जन बढेको उपाध्यायले जानकारी दिए ।

गएका वर्षमा कम्पनीहरुले इन्जिनियरिङ तथा ठेक्का पट्टाको बीमा कागजमा मात्रै गर्दै आएका थिए । यस्तो क्षेत्रमा उदारोमै पोलिसी जारी हुन्थ्यो । नेपाल बीमा प्राधिकरणले उधारो बीमा पोलिसीलाई प्रतिवन्ध लगाएको छ । साथै हाइड्रोपावर, पुर्वाधारण निर्माण लगायतका ठेक्का पट्टाको बीमामा न्युनतम दर निर्धारण भए सँगै बीमा कम्पनीको आम्दानीमा उल्लेख्य सुधार देखिएको छ । बैंकहरुले नयाँ कर्जा प्रवाह गरेका छैनन् । बैंकहरुले कर्जा प्रवाह गर्दा पनि बीमालाई अनिवार्य गरेका हुन्छन् । आर्थिक गतिविधि लगभग ठप्प छ । आर्थिक गतिविधि घट्ने वित्तीकै उद्योग व्यवसाय बढ्न सक्दैन । यस्तो अवस्थामा निर्जीवन बीमा व्यवसायमा पनि सुधार हुँदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS