IME Life
Beema Board

निर्जीवन बीमाको क्यापिटल प्लान : चार वटाले सजिलै पुर्याउदा कसलाई कति पूँजी आवश्यक ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणको क्यापिटल प्लान पछि चार वटा कम्पनीको मर्जर सफल भएर दुई वटा भएका छन् । ६ वटा कम्पनी मर्जरको प्रकृयाँमा छन् भने ६ वटाको क्यापिटल प्लानमा अन्योलता देखिएको छ । शिखरले बोनस शेयर दिएर सबैभन्दा पहिला पूँजी पुर्याउदैछ । यस बाहेक तीन वटाले बोनस शेयर दिएर पुर्याउन सक्ने देखिन्छ ।

नेपाल बीमा प्राधिकरणले गत चैत १० गते क्यापिटल प्लान सार्वजनिक गर्दै निर्जीवन बीमा कम्पनीहरुलाई आगामी चैत भित्र साढे दुई अर्ब पुर्याउन निर्देशन दिएको थियो । यसका लागि हकप्रद शेयर निष्काशन गर्न नपाइने प्राधिकरणले जनाउदै आएको छ । कम्पनीहरुलाई बोनस शेयर र मर्जरबाट मात्रै पूँजी जुटाउन निर्देशन दिइएको छ । यदि ३० प्रतिशत भन्दा कम मात्रै पूँजी पुगेन भने हकप्रद शेयर निष्काशन गर्न पाउने सुविधा दिने जनाएको छ । यस हिसावले अझै ६ निर्जीवन बीमा कम्पनीहरुको क्यापिटल प्लानमा अन्योलता देखिन्छ ।

Prabhu
Crest

सहजै क्यापिटल पुर्याउने कम्पनी

शिखर इन्स्योरेन्स कम्पनीले तोकिएकै अवधिमा आवस्यक पूँजी जुटाउने भएको छ । प्रस्तावित १६ प्रतिशत बोनस शेयर वितरण पछि चुक्ता पूँजी २ अर्ब ६५ करोड पुग्नेछ । हिमालयन इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीले मर्जर पछि २.७५ प्रतिशत बोनस शेयर घोषणा गरेको छ । प्रस्तावित बोनस शेयर पछि चुक्ता पूँजी २ अर्ब ३० करोड पुगेको छ । हिमालयन एभरेष्टलाई अझै ८.६२ प्रतिशत पूँजी आवस्यक पर्ने देखिन्छ ।

त्यस्तै सानिमा र जनर इन्स्योरेन्स कम्पनी मर्जर भएर सानिमा जिआइसी बनेका छन् । मर्जर पछि पनि कम्पनीलाई २५ प्रतिशत पूँजी आवस्यक पर्नेछ । यसका लागि कम्पनीले बोनस शेयरका साथै हकप्रद पनि निष्काशन गर्नु पर्ने हुन सक्छ ।

शिखर पछि बोनस शेयर दिएरै पूँजी जुटाउने यात्रामा नेको इन्स्योरेन्स छ । जवकी शिखरले गएको वर्षमै हकप्रद शेयर निष्काशन गरिसकेको थियो । नेकोले अहिले प्रस्ताव गरेको बोनस शेयर वितरण पछि २ अर्ब २ करोड पुग्नेछ । कम्पनीलाई अझै ४८ करोड ७६ लाख रुपैयाँ पूँजी आवस्यक पर्नेछ । यो भनेको कम्पनीलाई झण्डै २५ प्रतिशत पूँजी आवस्यक पर्छ । अर्को वर्षमा पनि बोनस शेयर दिएर पूँजी जुटाउने या  २५/३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नु पर्ने हुन सक्छ । प्राधिकरणले ३० प्रतिशतसम्म हकप्रद शेयर निष्काशन गर्न दिने बताउदै आएको छ । अर्को तर्फ नेकोले एउटा कमजोर निर्जीवन बीमा कम्पनीलाई गाभ्ने प्रयास गरिरहेको छ । तर स्वाप रेसियो कम दिएर मर्जर गर्ने नेकोको रणनीतिका कारण जोडि पाउन सकिरहेको छैन ।

मर्जरको संझौता गरेका कम्पनी

हाल अजोड र युनाइटेड, सगरमाथा र लुम्बिनी जनरल, सिद्धार्थ र प्रिमियरले मर्जरको संझौता गरेर अन्तिम चरणमा छन् । अजोड र युनाइटेडले भने केहि समय अगाडी मात्रै संझौता गरेका कारण यि दुईको मर्जर कार्यमा केहि ढिलाइ हुन सक्ने देखिन्छ । यि दुई कम्पनीको मर्जर पछि पनि प्राधिकरणले तोकेको पूँजी सहजै पुग्न सक्ने देखिदैन । प्रिमियर र सिद्धार्थ साथै सगरमाथा र लुम्बिनी जनरलको भने सजिलै पूँजी पुग्नेछ ।

क्यापिटल प्लानको अन्योलता

अझै पनि राष्ट्रिय बीमा कम्पनी, नेपाल इन्स्योरेन्स, आइएमई जनरल, प्रुडेन्सियल, एनएलजी र प्रभु इन्स्योरेन्सको क्यापिटल प्लानमा अन्योलता छ । प्राधिकरणले क्रस होल्डिङ भएको भन्दै नेपाल इन्स्योरेन्स, आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई मर्जरका लागि दवाव दिदै आएको छ । यि तीन कम्पनी मध्ये पूँजी तर्फ आइएमई जनरल सबैभन्दा बलियो छ ।

साधारणसभाले ६ प्रतिशत बोनस शेयर पारित गरे सँगै आइएमई जनरलको चुक्ता पूँजी एक अर्ब ८० करोड पुगेको छ । कम्पनीलाई ३८.६० प्रतिशत मात्रै पूँजी आवस्यक छ । यदि मर्जर सफल भएन भने कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गरेर पनि पूँजी जुटाइदिन सक्छ । तर प्राधिकरणले मान्ने देखिदैन । त्यसैले कम्पनीको क्यापिटल प्लानमा अन्योलता छ ।

नेपाल इन्स्योरेन्स कम्पनीको पनि लाभांश वितरण पछि चुक्त पूँजी एक अर्ब ४८ करोड पुगेको छ । कम्पनीलाई ६८ प्रतिशत अर्थात एक अर्ब एक करोड आवस्यक पर्छ । अझ प्रुडेन्सियलको एक अर्ब २६ करोड मात्रै छ । यदि यि तीन कम्पनी मिले भने निर्जीवन बीमा क्षेत्रमा सबैभन्दा ठुलो कम्पनी बन्नेछ ।

राष्ट्रिय बीमा कम्पनी अझै पनि लेखापरीक्षणमा अल्झिरहेको छ । लेखापरीक्षण नहुँदा कम्पनीले लाभांश वितरण गर्न पाएको छैन । आफु सँग भएको जगेडाबाट बोनस शेयर दिएर नपुग रकमका लागि हकप्रद जारी गर्नु पर्ने अवस्थामा राष्ट्रिय बीमा कम्पनी छ । तर अहिलेसम्म पूँजी जुटाउने खाका आउन सकेको छैन ।

अजोड सँग मर्जर भाडिए पछि प्रभु पनि पूँजी जुटाउन अर्को कम्पनीको खोजि गरिरहेको छ । गत वर्षको बोनस शेयर वितरण पछि प्रभुको चुक्ता पूँजी एक अर्ब २७ करोड पुग्नेछ । कम्पनीलाई अझै एक अर्ब १२ करोड आवस्यक पर्नेछ । कम्पनीले जसरी पनि जोडि खोज्नुको विकल्प छैन । बोनस शेयर वितरण पछि एनएलजीको चुक्ता पूँजी एक अर्ब ४५ करोड पुगेको छ । कम्पनीलाई ७१.३२ प्रतिशत पूँजी आवस्यक पर्नेछ । भारतीय बीमा कम्पनीको शाखाको रुपमा सञ्चालित नेशनल र ओरियण्टलले नियामकीय पूँजी जुटाउने गरेका छैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%

खुसी

0%

दु :खी

60%

अचम्मित

0%

उत्साहित

20%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS