IME Life
Beema Board

मर्जर पछि सूर्यज्योति लाइफको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ प्राइस कति ?

SPIL
NIC ASIA

काठमाडौं । मर्जर पछि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । कम्पनीको ४ करोड ५४ लाख ५५ हजार ७२१ कित्ता शेयर दोस्रो बजारमा सूचीकरण भएको हो ।

नेप्सेले साविक सूर्य लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी विच १:०.८२४५ को अनुपातमा भएको मर्जर संझौता अनुरुप कायम शेयर संख्यालाई सूचीकरण गरेको हो । शेयर धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम नेपाल स्टक एक्सचेन्जमा कारोबार हुन सक्ने गरी संलग्न संझौता बमोजिम शर्तहरु पालना गर्नुपर्ने गरी आज सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा शेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

Prabhu
Crest

संयुक्त रुपमा दुई कम्पनीको शेयर सूचीकरण सँगै साविकका दुबै कम्पनीको शेयर कारोबार फुकुवा गरिएको छ । सूचीकरण सँगै नेप्सेले ओपनिङ प्राइस ३७१.५९ रुपैयाँ तोकेको छ ।

साविकको सूर्या लाइफको क्लोजिङ प्राइस ३८७ रुपैयाँ थियो भने ज्योति लाइफको ३५१ रुपैयाँ थियो । यस अवधिमा ज्योति लाइफका शेयरधनीको शेयर १७.५५ प्रतिशतले घटेको छ । साविक ज्योति लाइफको १०० कित्ता हुने शेयरधनीको अव ८२.४५ कित्तामा झरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%

खुसी

33%

दु :खी

28%

अचम्मित

0%

उत्साहित

22%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS