IME Life

बाणिज्य बैंकको मुनाफामा समान्य सुधार : २० बैंकले ६ महिनामै ३० अर्ब कमाउदा कुनको कति ? (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाशिक अवधिमा २० बाणिज्य बैंकहरुको मुनाफामा सामान्य सुधार हुँदै ३० अर्ब नाघेको छ । मर्जर पछि बैंकहरुको संख्या घटे पनि मुनाफामा भने खासै सुधार हुन सकेन । दोस्रो त्रैमाशिक अवधिमा बाणिज्य बैंकको मुनाफा ११.७१ प्रतिशतले बढेको देखिए पछि यसमा मर्जरबाट विलय भएका बैंकहरुको मुनाफाको योगदान अधिक छ । विलय भएका बैंकहरुको गत वर्षको मुनाफा जोड्ने हो भने तीन प्रतिशत हाराहारीको मात्रै सुधार देखिन जान्छ । यस सूचिमा मर्जरमा गएका नेपाल इन्भेष्टमेन्ट बैंक र कुमारी बैंकको तथ्याङ्क छैन ।

यस अवधिमा सर्वाधिक धेरै नविल बैंकको मुनाफा तीन अर्ब ४१ करोड रुपैयाँ छ । नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरे सँगै नविल बैंकको मुनाफा ५६ प्रतिशतले सुधार देखिएको छ । यस मर्जरमा नविल बैंकमा सिनर्जी देखिएको छ ।

Prabhu
Crest

दोस्रो धेरै मुनाफा एनआइसी एशिया बैंकको छ । बैंकले यस अवधिमा मुनाफा ३६ प्रतिशतले बढाएर तीन अर्ब २७ करोड रुपैयाँ आर्जन गरेको छ । तेस्रो धेरै मुनाफा ग्लोबल आइएमई बैंकको छ । पुसमा बैंक अफ काठमाण्डू बैंक गाभे पनि मुनाफामा भने उल्लेख्य सुधार देखिएको छैन । मर्जर पछि एकिकृत बनेको बैंकको मुनाफा दुई अर्ब ७८ करोड रुपैयाँ छ ।

चौथो धेरै मुनाफा राष्ट्रिय बाणिज्य बैंकको छ । बाणिज्य बैंकले ४१ प्रतिशतले मुनाफा बढाउदै २ अर्ब ७१ करोड आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा एक अर्ब ९१ करोड रुपैयाँ थियो । त्यस्तै एनएमबी बैंकले दोस्रो त्रैमाशिक अवधिमा एक अर्ब ९० करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

सफल मर्जर पछि पनि प्रभु बैंकको मुनाफा भने बढ्न सकेन । बैंकले गत वर्षको यहि अवधिमा एक अर्ब २६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । तर यस पटक सेञ्चुरी बैंकलाई प्राप्ति गरे पनि जम्मा एक अर्ब १९ करोड रुपैयाँ मात्रै मुनाफा देखिएको छ ।

यस वर्ष एसबिआइ बैंकको मुनाफा ५० प्रतिशतले बढेर एक अर्ब १७ करोड पुगेको छ । एभरेष्ट बैंकले पनि मुनाफा ८९ प्रतिशतले बढाएर एक अर्ब ५८ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । यस वर्ष कृषि विकास बैंकको मुनाफा भने ऋणात्मक देखिएको छ । बैंक १२ करोड ८९ लाख रुपैयाँले नोक्सानमा देखिएको हो । यस वर्ष अधिकाम्स बैंकहरु खराब कर्जाको सिकार भएका छन् । खराब कर्जा बढ्दा प्रोभिजनिङ गर्नु पर्ने हुँदा मुनाफा घटेको हो । दोस्रो त्रैमाशिक अवधिमा ७ वटा बाणिज्य बैंकको मुनाफामा गिरावट देखिन्छ । मर्जरमा गएका बैंकको गत वर्षको छुट्टा छुट्टै मुनाफा जोड्ने हो भने मुनाफा घटेको देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%

खुसी

0%

दु :खी

40%

अचम्मित

20%

उत्साहित

20%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS