IME Life
Beema Board

कुमारी र एनसिसी गाभिदा पुस १६ गतेसम्मको मुनाफा २ अर्ब १२ करोड, यस्तो छ मर्जर अगाडीको स्वेतपत्र

SPIL
NIC ASIA

काठमाडौं । कुमारी बैंक र एनसिसी बैंक गाभिए लगत्तै पुस १६ गतेसम्ममा संयुक्त मुनाफा २ अर्ब १२ करोड रुपैयाँ नाघेको छ । यस अवधिमा कुमारीको मुनाफा एक अर्ब ६० करोड र एनसिसीको मुनाफा ५१ करोड ८६ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै खुद व्याज आम्दानी ५ अर्ब ८० करोड रुपैयाँ रहेको छ । जसमा कुमारीको तीन अर्ब ५१ करोड र एनसिसीको २ अर्ब २८ करोड छ । तुलनात्मक रुपमा व्याज खर्च एनसिसीको बढि छ । नगद तथा नगद जस्तै सम्पत्ती कुमारी भन्दा एनसिसीको बढि छ । मर्जर पछि यस्तो सम्पत्ती १३ अर्ब ६७ करोड रहेको छ । जसमा कुमारीको तीन अर्ब ६७ करोड र एनसिसीको १० अर्ब रहेको छ ।

Prabhu
Crest

मर्जर पछि कर्जा प्रवाह २ खर्ब ८७ अर्ब नाघेको छ । जसमा कुमारीको एक खर्ब ७१ अर्ब र एनसिसीको एक खर्ब १५ अर्ब रुपैया रहेको छ । त्यस्तै निक्षेप तीन खर्ब २ अर्ब नाघेको छ । जसमा कुमारीको एक खर्ब ८० अर्ब र एनसिसीको एक खर्ब २२ अर्ब रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी २६ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै जगेडा कोषमा १० अर्ब ४४ करोड रुपैयाँ जम्मा भएको छ । यसरी बैंकको कुल पूँजीकोष ३६ अर्ब ७५ करोड पुगेको छ । दुई बैंकले पुस १७ गतेदेखि एकिकृत कारोबार शुभारम्भ गरेका थिए ।

1673932008295

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS