IME Life
Beema Board

बैंकहरुले घटाए निक्षेपको व्याजदर, माघ महिनामा कुन बैंकको व्याजदर कति ?

SPIL
NIC ASIA

काठमाडौं । बाणिज्य बैंकहरुले माघ महिनाका लागि निक्षेपको व्याजदर घटाएका छन् । बैंकर्स संघले गत साता निक्षेपको व्याजदर घटाउने सहमति गरे सँगै बैंकहरुले माघ एकगतेदेखि लागु हुने गरी व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको व्याजदर ११ प्रतिशतमा झारेका छन् ।

बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको व्याजदर ११ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको व्याजदर ९ प्रतिशतमा झारेका हुन् । त्यस्तै रेमिट्यान्स तर्फको मुद्दती निक्षेपको व्याजदर भने १२ प्रतिशत रहेको छ । यस भन्दा अगाडी अर्थात पुस महिनका लागि बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेप तर्फ १२.१३३ प्रतिशत व्याजदर दिएका थिए भने संस्थागत मुद्दती निक्षेपको व्याजदर १०.१३३ प्रतिशत दिएका थिए ।

Prabhu
Crest

नयाँ सरकार गठन सँगै अर्थमन्त्री र व्यवसायीको निरन्तरको दवाव पछि बैंकहरुले संयुक्त रुपमा निक्षेपको व्याजदर घटाउने निर्णय गरेका हुन् । अहिले निक्षेपको व्याजदर घटाउदा आधार व्याजदर पनि घट्नेछ । आधार व्याजदर घट्ने वित्तीकै बैंकहरुको कर्जाको व्याजदरमा स्वत गिरावट आउने विश्लेषण गरिएको छ ।

अहिले कर्जाको व्याजदर १६ प्रतिशत भन्दा माथि तिर्नु पर्ने बाध्यता रहेको छ । पुससम्ममा कायम रहेका मुद्दती निक्षेपको व्याजदर यथावत रहने भएकाले तत्काल आधार व्याजदरमा ठुलो प्रभाव पार्दैन । तर साधारण निक्षेपको व्याजदर घट्दा यसको प्रभाव तत्काल देखिनेछ ।

स्ट्याण्डर्ड चार्टर्डले व्यक्तिगत निक्षेपको व्याजदर १० र ११ प्रतिशत कायम गरेको छ भने नेपाल एसबिआइले ८ प्रतिशतदेखि ११ प्रतिशतसम्म कायम गरेको छ । एनआइसी एशियाले भने सर्वाधिक धेरै ११.४२ प्रतिशतसम्म कायम गरेको छ ।

यस बाहेक सबैले व्यक्तिगत तर्फको मुद्दती निक्षेपको व्याजदर ११ प्रतिशत नै कायम राखेका छन् । त्यस्तै साधारण निक्षेपको व्याजदर भने ९.४२ प्रतिशतसम्म कायम गरेका छन् । त्यस्तै न्युनतम तर्फ ६.४२ प्रतिशत दिदैछन् । विकास बैंकले पनि व्याजदर घटाएका छन् । बैंकहरुले व्यक्तिगत निक्षेप तर्फ १२ प्रतिशत र संस्थागत तर्फ १० प्रतिशत कायम गरेका छन् ।

हेर्नुहोस् कुन बैंकको कति ?

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

35%

खुसी

32%

दु :खी

15%

अचम्मित

3%

उत्साहित

15%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS