IME Life

चुक्ता पूँजी जुटाउन तीन महिना मात्र बाँकी हुँदा के गर्दैछन् जीवन बीमा कम्पनी ?

SPIL
NIC ASIA
काठमाडौं । अन्य कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ काे वित्तीय विवरण तयार पारेर साधारण सभा समेत सम्पन्न गरी सक्दा जीवन बीमा कम्पनीमध्ये केहीले अघिल्लाे आर्थिक वर्ष २०७७/७८ कै वित्तीय विवरण तयार पार्ने र साधारण सभा सम्पन्न गर्ने कार्य समेत गर्न सकेका छैनन् । मर्जरकाे सहमती गरी सकेका जीवन बीमा कम्पनीहरु मात्र नभएर मर्जर बिना लगानीकर्ताहरुबाटै पाँच अर्ब रुपैयाँमा नपुग हुने रकम जुटाउने घाेषणा गरेका कम्पनीहरु समेत अघिल्लाे आर्थिक वर्षकै साधारण सभा सम्पन्न गर्न नसकेकाे अवस्था छ ।
साधारण सभा छिटाे छरिताे भएकाे अवस्थामा मात्र स‌ंचित मुनाफाबाट शेयरधनीलाई शेयर लाभांश वितरण मार्फत् पूँजी वृद्धि गर्न सहज हुने भएपनि जीवन बीमा कम्पनीहरू सुस्त देखिएका छन् । आर्थिक वर्ष २०७८/७९ समाप्त भएकाे करिब ६ महिना पुरा हुनै लागेकाे छ । कूल १९ वटा जीवन बीमा कम्पनीमध्ये मर्जर सम्पन्न गरेर पुस ७ गतेबाट एकीकृत काराेबार समेत आरम्भ गरिसकेका सूर्या लाइफ र ज्याेती लाइफ इन्स्याेरेन्सले समेत आर्थिक वर्ष २०७८/७९ काे वित्तीय विवरण तयार पारेका छैनन् । यसबाहेक मर्जरकै प्रक्रियामाh रहेका प्राइम लाईफ, गुराँस लाइफ र  यूनियन लाइफ इन्स्याेरेन्समध्ये प्राइम लाइफले आइतबार मात्र आर्थिक वर्ष २०७७/७८ काे साधारण सभा गरेकाे छ । यूनियन लाईफले चाँडै नै आव ७७/७८ काे साधारण सभा आह्वान गर्दैछ, गुराँस लाइफकाे अझैसम्म टु‌ंगाे छैन । मर्जरका लागी प्रारम्भिक सम्झाैता पत्रमा हस्ताक्षर गरी सकेका प्रभु लाइफ इन्स्याेरेन्स र महालक्ष्मी लाइफ इन्स्याेरेन्सकाे पनि आर्थिक वर्ष ७७/७८ काे साधारण सभाकाे मिति टु‌ंगाे लागेकाे छैन ।
रिलायन्स लाइफसँग मर्जरकाे सहमति गरेको सानिमा लाइफ इन्स्याेरेन्सको आर्थिक वर्ष ७७/७८ काे वित्तीय विवरण हालै मात्र स्वीकृत भएको छ। साधारण सभा हुन बाँकी छ। रिलायन्स लाइफकाे वित्तीय विवरण स्वीकृत भएकाे छैन । बीमा‌ंकीबाट वित्तीय दायीत्व निर्धारण गरी बीमित र शेयरधनीलाई वितरण गर्न याेग्य लाभा‌ंश तय भएपछि मात्र जीवन बीमा कम्पनीले वित्तीय विवरण तयार पार्न संभव हुन्छ ।
एक्लै चुक्ता पूँजी जुटाउने घोषणा गरेकामध्ये सिटिजन्स लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा सर्वसाधारणमा शेयर जारी गर्ने तयारी गरिरहेका छन् । आइएमई लाइफ इन्स्योरेन्सले पनि सर्वसाधारणमा शेयर जारी गर्नै बाँकी छ। तर समय सीमित भएकाले नियामक नेपाल बीमा प्राधिकरण र धितोपत्र बोर्डको पूर्ण सहयोग बिना बाँकी रहेको ३ महिनाको समयसीमाभित्र तोकिएको चुक्ता पूँजी जुटाउन यी कम्पनीका लागि कठिन हुनेछ।
पुराना जीवन बीमा कम्पनीमध्ये एलआइसी नेपालले हकप्रद शेयर जारी गर्दैछ। नेशनल लाइफ इन्स्योरेन्सले पनि हकप्रद शेयर जारी गरेरै चुक्ता पूँजी जुटाउने तयारीमा छ। बीमा प्राधिकरण श्रोतका अनुसार एशियन लाइफ इन्स्योरेन्सले २०७८/७९ को लाभांश बाँडफाँड गरेर बाँकी रकम हकप्रद शेयरबाट जुटाउने जानकारी गराएको छ।
अमेरिकी जीवन बीमा कम्पनीको शाखाको रुपमा संचालनमा रहेको मेट लाईफले माउ कम्पनीबाट थप पूँजी नजुटाएसम्म लाभांश वितरण गर्न पाउने छैन । चुक्ता पूँजी वृद्धिको तनावबाट नेपाल लाइफ इन्स्योरेन्सको उच्च व्यवस्थापन र संचालक समिति मुक्त छ । नेपाल लाइफको चुक्ता पूँजी अहिले नै ८ अर्ब रुपैयाँ भन्दा बढी छ। जोखिममा आधारित पूँजीको अवधारणा पूर्णरुपमा कार्यान्वयनमा ल्याइए पछि नेपाल लाइफको कारोबारको आकार र जोखिम बहनको तुलनामा यो पूँजी अपर्याप्त हुनेछ।
बीमा ऐन २०७९ अनुसार राष्ट्रिय बीमा संस्थान एक वर्ष भित्र अर्थात् २०८० कात्तिक २२ गतेभित्र लिमिटेड कम्पनीमा रुपान्तरण हुनुपर्ने बाध्यात्मक अवस्था छ। हाल संस्थानको चुक्ता पूँजी १८ करोड १० लाख रुपैयाँ मात्र छ। एक वर्ष भित्र बाँकी रहेको वित्तीय प्रतिवेदन तयार पार्न र पूँजी जुटाउन सरकारी स्वामित्वको यो कम्पनीको लागि सहज छैन। पाँच आर्थिक वर्षको वित्तीय विवरण तयार पार्न बाँकी छ। सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान लामो समयदेखि कमजोर संस्थागत सुशासनबाट गुज्रिरहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

46%

खुसी

31%

दु :खी

8%

अचम्मित

0%

उत्साहित

15%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS