IME Life
Beema Board

कालिञ्चोक दर्शनले माघ ३ गतेदेखि आइपीओ विक्री गर्दै, कति कित्तासम्म भर्न पाइन्छ ?

SPIL
NIC ASIA

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेबाट सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा विक्री खुला गर्ने जनाएके छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित वासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आइपीओ निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ । यो सर्वसाधारणका लागि भने कम्पनीले दोस्रो चरणको आइपीओ विक्री गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ६० करोड रूपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रूपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । सर्वसाधारणका लागि छुट्याएको कूल कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि बाँडफाँड गरेको कम्पनीले बाँकी शेयरमध्ये पनि ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको छ । अब २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरूका लागि छुट्याएर बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणमा सार्वजनिक निष्काशन तथा विक्री खुला गर्न लागेको हो ।

Prabhu
Crest

यस आइपीओ खरिदका लागि सर्वसाधारणले लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस आइपीओमा छिटोमा माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ भने उक्त समय अवधिमा समत आइपीओ विक्री नभएको खण्डमा माघ १७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

आइपीओ निष्काशनका लागि कम्पनीले गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । आवेदकहरुले विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सक्नेछन् ।

यस कम्पनीले दोलखाको सदरमुकाम चरिकोटबाट करिब १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३ हजार ८४२ मिटरको उचाइमा रहेको कालिञ्चोक भगवती मन्दिरसम्म पुग्ने केवलकार सञ्चालन गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS