IME Life
Beema Board

२० वटा वाणिज्य बैंकले घोषणा गरे प्रतिफल, अझै ३ कम्पनीको शेयर किन्दा पाइन्छ बम्पर लाभांश

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०७८ /७९ को लागि २० वटा वाणिज्य बैंकहरुले लाभांश घोषणा गरिसकेका छन् । लाभांश घोषणा गरेका यी बैंकहरुमध्ये १७ वटा वाणिज्य बैंकहरुले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज समेत गरिसकेका छन् । बुक क्लोज गरेकामध्ये कतिपय बैंकहरुले साधारण सभा सम्पन्न गरिसकेको अवस्था छ भने कतिपय बैंकहरु साधारण सभाको लागि जुटेका छन् ।

लाभांश घोषणा गरेका वाणिज्य बैंकहरुमध्ये ३ बैंक हिमालयन बैंक, सिभिल बैंक र नविल बैंकले साधारण सभा तथा लभांश प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेका छन् तर त्यो मिति भने आउन बाँकि नै रहेको छ तसर्थ यी तीन कम्पनीको शेयर किन्दा अझै लाभांश पाइन्छ ।

Prabhu
Crest

नविल बैंक
नविल बैंकले साधारणसभा प्रयोजनका लागि पुस १८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । त्यसकारण प्रस्तावित लाभांश पुस १७ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गर्नेछन् । बैंकले पुस २९ गते ३८ औ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभाले सञ्चालक समितिबाट प्रस्तावित ११ दशमलव ५० प्रतिशत नगद लाभांश र १८ दशमलव ५० प्रतिशत बोनस शेयर सहित ३० प्रतिशत लाभांश पारित गर्नेछ ।
गत वर्ष भने नविल बैंकले कुल ३८ प्रतिशत लाभांश वितरण गरेको थियो जसमा ३३ दशमलव ६ प्रतिशत बोनश शेयर वितरण गरेको थियो भने ४ दशमलव ४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । गत वर्षभन्दा यस वर्ष बैंकको लाभांश घटेको हो ।

सिभिल बैंक
सिभिल बैंकले साधारण सभाको तथा लभांश प्रयोजनको लागि पुस १९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ, पुस १८ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार गर्ने बैंकका सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

बैंकले गत वर्षको नाफबाट शेयरधनीलाई ५ दशमलव २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा ५ प्रतिशत बोनश शेयर र ० दशमलव २६ प्रतिशत नगद लाभांश रहेको छ । बैंकले उक्त प्रस्ताव पारितका लागि पुस २८ गते साधारण सभा बोलाएको हो ।

यस बैंकले गत वर्षकै अनुपातमा यस वर्ष पनि लाभांश वितरण गर्ने निर्णय गरेको छ । गत वर्ष पनि बैंकले ५ प्रतिशत बोनश शेयर र ० दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेकोमा यस वर्ष पनि सोही अनुपातमा दिएको हो ।

हिमालयन बैंक
हिमालयन बैंकले सभारण सभा तथा लाभांश प्रयोजनका लागि पुस १८ देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसकारण पुस १७ गतेसम्म कायम रहेका शेयरधनीले लाभांश पाउनेछन् भने सभामा पनि भाग लिन पाउनेछन् ।

कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई ११ दशमलव ११ प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनश शेयर दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न बैंकले पुस २८ गते साधारण सभा बोलाएको छ ।

यस बैंकको गत वर्षको तुलनामा यस वर्ष लाभांश घटेको छ । गत वर्ष यस बैंकले कुल २६ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा २१ दशमलव ३८ प्रतिशत बोनश शेयर रहेको छ भने ४ दशमलव ६२ प्रतिशत नगद लाभांश रहेको छ ।

कुन बैंकले कति घोषणा गरे लाभांश ?
यस वर्ष सबैभन्दा धेरै नविल बैंकले ३० प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले १८ दशमलव ५० प्रतिशत बोनश शेयर र ११ दशमलव ५० प्रतिशत नगद लाभांश दिने भएको छ । दोस्रो ठुलो लाभांश बैंक अफ काठमाण्डूका शेयरधनीले प्राप्त गरेका छन् । बैंकले मर्जर अगाडी शेयरधनीहरुलाई २० दशमलव ९५ प्रतिशत लाभांश दिएको छ । बैंकले साधारण सभा समेत सम्पन्न गरिसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

28%

खुसी

11%

दु :खी

33%

अचम्मित

6%

उत्साहित

22%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS