IME Life
Beema Board

बागमती प्रदेशबाट सिफ्ट हुँदै निर्जीवन बीमा व्यवसाय, कम्पनीको ध्यान अन्य प्रदेश तर्फ

SPIL
NIC ASIA

काठमाडौं । निर्जीवन बीमा व्यवसाय बागमती प्रदेशबाट सिफ्ट हुन थालेको छ । बागमति प्रदेशमा मात्रै केन्द्रित रहदै आएका बीमा कम्पनीहरुले अन्य प्रदेशमा पनि बजार विस्तार गर्न थालेका हुन् । गत असार महिनामा निर्जीवन बीमा कम्पनीको ७६.७५ प्रतिशत बजार बाग्मती प्रदेशमै केन्द्रित थियो । अहिले मंसिर महिनासम्ममा आउदा यस्तो बजार हिस्सा ६५.२६ प्रतिशतमा खुम्चिएको छ ।

निर्जीवन बीमा कम्पनीले मंसिर महिनासम्ममा १५ अर्ब ९७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा वागमति प्रदेशमा मात्रै १० अर्ब ४२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

Prabhu
Crest

कम्पनीहरुले लुम्बिनी प्रदेशमा भने निर्जीवन बीमा कम्पनीले बजार विस्तार गरेको छ । लुम्बिनी प्रदेश विस्तारै व्यापारिक केन्द्र बन्दै जादा निर्जीवन बीमा कम्पनीको व्यवसाया यता तर्फ सिफ्ट भएको छ । गत असारमा लुम्बिनी प्रदेशमा बजार हिस्सा ६.२७ प्रतिशत रहेकोमा मंसिर महिनासम्ममा ९.६९ प्रतिशत छ । लुम्बिनी प्रदेशमा बीमा कम्पनीहरुले एक अर्ब ५४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

प्रदेश एकमा पनि कम्पनीहरुले बजार हिस्सा बढाएका छन् । यस प्रदेशमा मात्रै कम्पनीहरुको बजार ८.९४ प्रतिशत छ । मंसिर महिनासम्ममा कम्पनीहरुले प्रदेश एक बाट एक अर्ब ४२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यस्तै मधेश प्रदेशमा ४.५४ बाट ६.५४ प्रतिशत पुगेको छ । गण्डकी प्रदेशमा ३.५२ बाट ५.९५ प्रतिशत बढेको छ । कर्णाली प्रदेशमा भने खासै सुधार देखिदैन । सुदुरपश्चिम प्रदेशमा पनि १.८८ प्रतिशतबाट २.६६ प्रतिशत पुगेको छ ।

बीमा प्राधिकरणले अन्य क्षेत्रमा पनि बीमा व्यवसाय विस्तारका लागि प्रादेशिक कार्यालयको स्थापना गरेको छ । प्रादेशिक कार्यालयले दुर्गम जिल्ला जिल्लामा गएर बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम आयोजना गर्दै आएका छन् । प्राधिकरणले कम्पनीहरुको पूँजी बढाउदा मुनाफा तथा व्यवसाय बढाउनका लागि पनि कम्पनीहरुलाई ग्रामिण क्षेत्रमा नगइ उपाय छैन । यसका लागि प्राधिकरणले पनि कम्पनीहरुलाई सहजिकरण गर्नु पर्छ ।

अर्को तर्फ कम्पनीहरुले पनि ग्रामिण क्षेत्रका शाखा कार्यालयको स्तरोन्नती गर्नु पर्ने देखिन्छ । दुर्गम जिल्लाका शाखा कार्यालयमा एक जना मात्रै कर्मचारी राख्ने प्रणालीले गर्दा अधिकाम्स समय उक्त शाखा कार्यालयमा कर्मचारी समेत भेटिदैनन् । भएका कर्मचारीमा पनि दक्षता छैन । दक्षता अभिबृद्धिका लागि पनि कम्पनीहरुले खर्च गर्नु पर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS