IME Life
Beema Board

प्रभु बैंकका सिइओ अशोक शेरचनको सर्वाधिक ४ करोड तीन लाख रुपैयाँ तलब भत्ता

SPIL
NIC ASIA

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले तलब भत्ता बोनस सहित विभिन्न सुविधा बापत बाणिज्य बैंकहरु मध्ये कै सर्वाधिक धेरै चार करोड तीन लाख २० हजार रुपैयाँको बुझेका छन् । शेरचनले गत आर्थिक वर्ष २०७८/७९ मा तलब भत्ता बापत तीन करोड ३० लाख रुपैयाँ बुझेका छन् ।

त्यस्तै नियम अनुसार कर्मचारी बोनस बापत ५६ लाख ९४ हजार रुपैयाँ प्राप्त गरेका छन् । दशै तथा विदा बापतको भत्ता भने ४३ लाख २३ हजार रुपैया रहेको छ । यस बाहेक पनि उनले इन्धन र मर्मत सम्भार सहित सवारी साधनको सुविधा पाएका छन् । बैंकको नियम अनुसार दुर्घटना बीमा, औषधोपचार बीमाको व्यवस्था गरिएको छ । उनको परिवारका आश्रित सदश्यहरुको समेत औषधोचार बीमाको व्यवस्था गरिएको छ । नियम अनुसार मोबाइल फोनको भुक्तानी गर्ने व्यवस्था रहेको छ ।

Prabhu
Crest

बैंकले यहि आर्थिक वर्षमा उच्च व्यवस्थापन तहका कर्मचारीहरुलाई तलब भत्ता बापत तीन करोड ७ लाख रुपैयाँ दिएको छ । यसरी तलब भत्ता सहित कर्मचारी बोनस र दशै भत्ता बापत उनिहरुले चार करोड एक लाख रुपैयाँ बुझेका छन् ।

यति धेरै तलब भत्ता बुझ्ने सिइओ तथा उच्च व्यवस्थापन तहका कर्मचारी भएको बैंकले शेयरधनीहरुलाई भने यस वर्ष जम्मा ६.५ प्रतिशत बोनस शेयर र १.५ प्रतिशत नगद सहित ८ प्रतिशत लाभांश दिएको छ । बैंकले आज सम्पन्न २१ औ वार्षिक साधारणसभाबाट उक्त लाभांश पारित गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS