IME Life
Beema Board

जुम्लाको तातोपानी गाउँपालिकामा बीमा सम्बन्धी अन्तर्क्रिया सम्पन्न, गलत प्रचार गरेको भन्दै गुनासो

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले जुम्लाको तातोपानी गाउँपालिकामा बीमा सचेतना तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाइ, उपाध्यक्ष रेवती रावल, सम्पुर्ण वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरु, शिक्षक, कर्मचारी, कृषक लगायत ५० भन्दा धेरै जनाको सहभागिता थियो ।

कार्यक्रममा प्रमुख अतिधि चौलागाइले बीमा जस्तो विषयमा स्थानीय निकायले नै प्रचार गर्नु पर्नेमा प्राधिकरणले आएर सहयोग गरेको भन्दै धन्यवाद दिएका थिए । उनले जोखिममा रहेका, व्यापार व्यवसाय गर्नेहरुका लागि बीमा एकदमै अपरिहार्य रहेको भन्दै सचेतनाको काम अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । बीमा कम्पनीहरुले नै हालेको ट्यागको नम्बर मेटिदा समेत उनिहरुले दाबी भुक्तानी नदिदएको भन्दै ‍चौलगाइले गुनासो गरेका थिए ।

Prabhu
Crest

वडा नम्बर चारका अध्यक्ष अमर बहादुर रोकायले बीमा कम्पनीका अभिकर्ताले नै बीमाको विषयमा राम्रो सँग नबुझाउदा बजारमा गलत सन्देश प्रवाह भएको बताए । यस क्षेत्रमा लाग्ने कतिपय अभिकर्ताहरुको गतल चरित्रकै कारण बीमा प्रति अविश्वसनियता पैदा भएको उनको भनाइ छ ।

कार्यक्रममा कर्णाली प्रदेश कार्यालयका प्रमुख तथा उप निर्देशक पदम सोडारीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले बीमा सम्बन्धी जनचेतनामुलक जानकारी, कानुनी व्यवस्था, बीमाको समग्र जानकारी दिएका थिए । कार्यक्रमको सञ्चालन भने सहायक निर्देशक राजेन्द्र महर्जनले गरेका थिए ।

यस कार्यक्रममा सहभागीहरुले बीमा कम्पनीहरुले प्रवाह गर्ने सेवा सुविधालाई लिएर गुनासो गरेका थिए । गाउँपालिकाकी उपाध्यक्ष रेवती रावलले समेत बीमा प्राधिकरण समक्ष बीमा कम्पनीहरुलाई नियमित शाखा सञ्चालनको प्रवन्ध मिलाइदिन अनुरोध गरेकी थिइन् । कतिपय कर्मचारीहरुलाई नै बीमा पोलिसी तथा बीमाको विषयमा अनविज्ञता रहेको पाइएकोले पनि यस क्षेत्रमा राम्रो सँग बीमा अगाडी बढ्न नसकेको सहभागीको भनाइ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS