IME Life
Beema Board

नेरुडे र मिर्मिरे लघुवित्त विच मर्जरको संझौता, दोस्रो बजारमा आधारभुत शेयरधनीको कारोबार रोक्का

SPIL
NIC ASIA

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । दुई संस्थाविचमा हिजो पुस ११ गते अपरान्ह ४ बजे विराटनगरमा आयोजित संयुक्त कार्यक्रममा सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिपत्रमा हस्ताक्षर सँगै दुई संस्थाविच एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को दफा तीन एक अनुसार आधारभुत शेयरधनीको कारोबार रोक्का भएको हो । नेरुडेको केन्द्रिय कार्यालय मोरङ जिल्ला विराटनगर महानगरपालिका वडा नम्बर तीनमा केन्द्रिय कार्यालय रहेको छ भने मिर्मिरे लघुवित्तको केन्द्रिय कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिकामा रहेको छ ।

Prabhu
Crest

नेरुडेको चुक्ता पूँजी ६० करोड रुपैयाँ छ । त्यस्तै मिर्मिरेको चुक्ता पूँजी ५३ करोड १२ लाख रुपैयाँ छ । यदि बराबरी हैसियतमा मर्जर भएमा चुक्ता पूँजी एक अर्ब १३ करोड पुग्नेछ । हाल दोस्रो बजारमा नेरुडेको शेयर मूल्य ८८० रुपैयाँ छ भने मिर्मिरेको ९५४ रुपैयाँ छ ।

मिर्मिरेले गत आर्थिक वर्षको मुनाफाबाट २३ प्रतिशत बोनस शेयर घोषणा गरेको छ । त्यस्तै नेरुडेले पनि २२ प्रतिशत बोनस शेयर घोषणा गरेको छ ।

1672115615674

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS