IME Life
Beema Board

मधेश प्रदेश कार्यालयद्धारा बाराको बिश्रामपुरमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रादेशिक कार्यालय अन्तर्गतको मधेश प्रदेश कार्यालयले स्थानिय तहसँग बीमा प्राधिकरण बिषयक अन्तरक्रिया कार्यक्रम बारा जिल्लाको ग्रामिण भुभागमा रहेको विश्रामपुर गाउँपालिकासँग गाउँपालिकामा रहेको इटियाही स्वास्थ्य चौकीको सभाहलमा सम्पन्न गर्यो उक्त कार्यक्रमको सभापतित्व  प्राधिकरणको वीरगञ्ज प्रादेशिक कार्यालयका कार्यालय प्रमुख कुसुम शर्माले गरेकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथिको रुपमा विश्रामपुर गाउँपालिकाका उपाध्यक्ष प्रिंयका देवी रहेकी थिइन् । अतिथिका रुपमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राकेश ओझा थिए । उक्त कार्यक्रमको सञ्चालन बीमा प्राधिकरणका सहायक निर्देशक टेकराज पाण्डेयले गरेका थिए । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिकाका सदस्यहरु, निर्वाचित वडा सदस्यहरु,  पालिकाका कर्मचारीहरु, कृषकहरु, स्थानियहरु, बैंक वित्तिय संस्थाका प्रतिनिधिहरु, बीमकका शाखा कार्यालयका प्रतिनिधिहरु,पत्रकार तथा महिला समुहका व्यक्तिहरु सहभागी थिए ।

Prabhu
Crest

कार्यक्रममा ११० भन्दा बढिको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बीमा र बीमा प्राधिकरणको बारेमा  नेपाल बीमा प्राधिकरणका विरगञ्ज कार्यालयका प्रमुख कुसुम शर्माले प्रस्तुतिकरण गरेकी थिइन् । साथै उक्त कार्यक्रममा जीवन बीमाका सम्बन्धमा बीमकको प्रतिनिधिको तर्फबाट प्रमोद प्रसाद शाहले र निर्जीवन बीमाको सम्बन्धमा बीमकका तर्फबाट हरि गोपाल श्रेष्ठले आफ्रनो भनाई राखेका थिए ।

उक्त कार्यक्रममा सहभागिहरुले बीमा कम्पनीहरु गाउँ गाउँ सम्म आएर कृषि तथा पशुपन्छीको बीमा हुन्छ भन्ने कुराको जानकारी नगराएका कारण यस क्षेत्रका किसानहरुमा बीमाको बारेमा जानाकारी नभएको र यस कार्यक्रमले हामीलाई धेरै किसिमको चेतना भएको र बीमा त हाम्रै सुरक्षाको लागि आवश्यक रहेछ र आगामी दिनहरुमा हामीले लगाएको बाली तथा पशु चौपायहरुको बीमा गरि हुन सक्ने आर्थिक नोक्सानीबाट सुरक्षित रहन सकिने कुराको जानाकारी पाएकोमा नेपाल बीमा प्राधिकरणलाई धन्यवाद दिनुभएको थियो । आगामी दिनहरुमा आफ्रना पशुपन्छीहरुको बीमा गर्ने कुरा राखेका थिए ।

कृषकहरुले आफुले चाहेको समयमा बीमा गर्न नपाएको गुनासो गरेका थिए । साथै, उक्त गुनासाको सम्बन्धमा कार्यक्रमका सञ्चालक टेकराज पाण्डेयले बारा जिल्लामा कृषि तथा पशुपन्छी बीमाका लागि  हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई तोकिएको हुँदा यस क्षेत्रमा अनिवार्य रुपमा उक्त बीमा कम्पनीले बीमा गर्नुपर्ने व्यवस्था रहेको कुराको जानाकारी गराएका थिए ।  साथै त्यस कम्पनीलाई कम्तीमा महिनाको एक पटक उक्त पालिकामा पुगेर काम गर्न र बीमाका सम्बन्धमा कृषकहरुलाई जानकारी गराउनका लागि निर्देशन दिएका थिए ।

साथै उक्त कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृतले यो कार्यक्रम निकै नै महत्वपूर्ण रहेको र यसका लागि हाम्रो पालिकाको कार्यालयमा आएर यस्तो कार्यक्रम राखि हामीलाई साथै हाम्रो सम्पूर्ण पालिकालाई जानाकारी उपलब्ध गराईदिनु भएकोमा धन्यवाद समेत दिएका थिए । साथै पालिकाको प्रशासकिय अधिकृतले यो कार्यक्रमले यस क्षेत्रका कृषकहरुलाई कृषि तथा पशुपन्छी लगायत अन्य सम्पत्तीको बीमा गर्नुपर्ने रहेछ भन्ने ज्ञान प्रदान गरेको धारणा राखेका थिए ।

यो कार्यक्रम मेरो कार्यक्रम हो भन्ने सोच बिचार राखेर सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीले कार्य गर्न सकेमा पक्कै पनि आगामी दिनहरुमा पालिकालाई पर्न जाने आर्थिक क्षतिको भारलाई कम गर्न सकिन्छ भन्ने भनाई राखेका थिए । बीमा कार्यक्रमलाई कसरी सहयोग गरेर बढि भन्दा बढि व्यक्तिलाई र नीजको सम्पत्तीहरुलाई सुरक्षित गर्न सकिन्छ त्यसका लागि पालिकाले गर्नुपर्ने कार्यका लागि पालिकाका अध्यक्षसँग कुरा गरि आगामी दिनमा बीमा सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने धारणा राखेका थिए ।

कार्यक्रममा सहभागिहरुले बीमा कम्पनीहरु गाउँ गाउँसम्म वडा वडासम्म पुग्नु पर्ने धारणा राखेका थिए । कार्यक्रमको समापनमा प्राधिकरणका कार्यालय प्रमुख कुसुम शर्माले सरकारले बजेट मार्फत घोषणा गरेको एक घर एक बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्यन गर्नका लागि पालिकालाई आवश्यक पर्ने बीमा सम्बन्धी सुझावका लागि प्राधिकरण जुनसुकै समयमा पनि तयार रहेको धारणा राखेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS