IME Life

आजसम्म शेयर किन्नेले पाँच कम्पनीको लाभांश पाउने, कुनको एजिएम कहिले ?

SPIL
NIC ASIA

काठमाडौं । पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आज सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, लुम्बिनी विकास बैंक, बिन्ध्यबासिनी हाइड्रोपावर र राधी विद्युत् कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यी पाँचवटै कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्नेभएसँगै आज पुस १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्तापूँजीको १२ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ । सभा आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ११ बजे शुरू हुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

त्यस्तै नेपाल एसबिआई बैंकले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनश शेयर र करसहित ७ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस प्रस्ताव पारितका लागि कम्पनीले पुस २५ गते साधारण सभा बोलाएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ११ बजे शुरू गर्ने कम्पनीले जनाएको छ ।

राधी विद्युत कम्पनीले हाल कायम चुक्तापूँजीको ४ दशमलव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितको लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको कार्यालय त्रिपुरेश्वरमा बिहान ११ बजे शुरू हुने जनाएको छ ।

बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आवको मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शून्य दशमलव शून्य २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितको लागि कम्पनीले पुस २२ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको कार्यालय परिसर नयाँ बानेश्वर, काठमाडौमा बिहान १० बजे भर्चुअल माध्यमबाट गर्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्तापूँजीको ३ प्रतिशत बोनश शेयर र करसमेत गरेर ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस प्रस्ताव पारितका लागि कम्पनीले पुस २६ गते साधारण सभा बोलाएको छ । सभा अमृतभोग कालिका स्थान, काठमाडौंमा बिहान ११ बजे गर्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS