IME Life

मेगा बैंकको कामु सिइओमा तुल्सीराम पोखरेल नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । मेगा बैंक नेपालले अर्को व्यवस्था नभएसम्मका लागि बरिष्ठ नायव महाप्रवन्धक तुल्सिराम पोखरेलालाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले पुस ९ गतेदखि लागु हुने गरी यस्तो जिम्मेवारी दिएको हो ।

बैंकको का.मु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएकी रवीना देशराज श्रेष्ठले पदबाट राजिनामा दिएकी थिइन् । यस अगाडी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले कार्यकालको अन्तिम समयमा राजिनामा दिए सँगै प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त हुन सकेको छैन ।

Prabhu
Crest

नेपाल इन्भेष्टमेन्ट बैंक सँग मर्जरको अन्तिम तयारीमा रहेकै कारण बैंकले सिइओमा नियुक्त नगरेको हो । दुबै बैंकले साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव पारित गरिसकेका छन् । अव नियामक निकायहरुको अन्तिम स्वीकृति र आन्तरिक तयारी पुरा भए सँगै एकिकृत कारोबार तय हुनेछ । एकिकृत कारोबार सँगै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी नेपाल इन्भेष्टमेन्टकै सिइओ ज्योति प्रकाश पाण्डेयले पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS