IME Life

सुन चाँदी धितो राखेर ५० अर्ब कर्जा प्रवाह, ९० प्रतिशत कर्जा वाणिज्य बैंक मार्फत 

SPIL
NIC ASIA

काठमाडौं । सुन, चाँदी धितो राखेर नेपालमा ५० अर्ब रुपैयाँ माथि कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कार्तिक महिनासम्मको तथ्याङ्क हेर्दा ५० अर्ब ६० करोडको कर्जा प्रवाह भएको हो । असोज महिनासम्म ५० अर्ब १९ करोड बराबरको सो कर्जा प्रवाह भएको थियो । एक महिनामा यो प्रकृतिको कर्जा करिव ४० करोडले वृद्धि भएको छ । .

सुन, चाँदी धितो राखेर प्रवाह भएको कर्जा मध्ये वाणिज्य बैंकहरुको सार्वाधिक हिस्सा रहेको छ । नेपालका वित्तीय सस्थाले प्रवाह गरेको यस्तो प्रकृतिको कर्जा मध्ये करिव ९० प्रतिशत वाणिज्य बैंकले प्रवाह गरेका छन् । वाणिज्य बैंकले सुन, चाँदी धितो राखेर ४५ अर्ब ४९ करोड कर्जा प्रवाह गर्दा विकास बैंकले ४ अर्ब ११ करोड र वित्त कम्पनीहरुले ९९ करोड सो कर्जा प्रवाह गरेका छन् ।

Prabhu
Crest

आर्थिक वर्ष २०७६/७७ सम्ममा ३८ अर्ब ४२ करोडको कर्जा सुन, चाँदी धितो राखेर प्रवाह भएकोमा अर्को वर्षसम्म ४३ अर्ब ११ करोडको सो कर्जा प्रवाह भएको थियो भने आर्थिक वर्ष ७८/७९सम्ममा ५२ अर्ब ७८ करोडको सो कर्जा प्रवाह भएकोमा अहिले कार्तिक मसान्तसम्म आउँदा केही घटेको छ ।  साउन देखि कार्तिकसम्म करिव २ अर्बले सुन, चाँदी धितो राखेर प्रवाह गरिने कर्जा घटेको देखिन्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS