IME Life

नेप्से ११०० हुदाँ भन्दा अहिले अधिकांश वाणिज्य बैंकको मूल्य कम, कुन बैंक कति सस्तोमा ?

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेमा कारोवार हुने २५ वाणिज्य बैंकहरुको मूल्य निकै सस्तोमा पाइन् थालेको छ । अहिले नेप्से १८६७ मा चल्दा पनि अधिकांश वाणिज्य बैंकको शेयर मूल्य ११०० नेप्से पुगेको बेला भन्दा पनि कम रहेको छ । करिव ४ वर्ष अघि नेप्से अघिल्लो बुल (१८८१ ) बाट घट्दै ११०० विन्दु पुग्दा पनि अधिकांश वाणिज्य बैंकको शेयर अहिलेको भन्दा बढी थियो । फागुन १९, २०७५ मा नेप्से अघिल्लो वियर चक्रको न्यून विन्दु ११०० दशमलव ५८ मा बन्द भएको थियो ।

नेप्से परिसूचक ११०० पुगेको दिन भन्दा अहिले १६ वाणिज्य बैंकको शेयर मूल्य सस्तो देखिएको छ । नेप्से परिसूचकमात्र हेरेर लगानीकर्ताले बजारको अवस्था हेर्न नहुने शेयर बजार सम्बन्धी जानकार बताँउछन ।  त्यसैले लगानीकर्ताले लगानी गर्न पूर्ण नेप्से परिसूचकसँगै सम्बन्धीत कम्पनी र क्षेत्रलाई पनि हेर्न जरुरी छ ।

Prabhu
Crest

नेप्से ११०० पुगेको दिन भन्दा आज नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर सर्वाधिक सस्तो देखिएको छ । उक्त दिन नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर मूल्य ५०० रुपैयाँ रहेकोमा अहिले कम्पनीको बजार मूल्य २१२ रुपैयाँ ९० पैसा रहेको छ । समिक्षा अवधिमा कम्पनीको बजार मूल्य प्रति कित्ता २८७ रुपैयाँ १० पैसा ( ५७%) सस्तो छ ।

त्यस्तै दोश्रोमा प्राइम कमर्सियल बैंकको बजार मूल्य ११०० परिसूचक पुगेको दिन ३०५ रुपैयाँ रहेकोमा हाल २१३ रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको बजार मूल्य प्रति कित्ता ९२ रुपैयाँ ( ३०%) तल छ ।

१० वाणिज्य बैंकको मूल्य २०० मुनी :
२५ वाणिज्य बैंक मध्ये अहिले १० वाणिज्य बैंकको बजार मूल्य २०० मुनी रहेको छ । सिटिजन्स बैंकको बजार मूल्य सबै भन्दा कम १७६ रुपैयाँ रहेको छ भने दोश्रोमा सबै भन्दा सस्तो नेपाल क्रेडिट एण्ड कमर्स बैंक रहेको छ । बैंकको शेयर मूल्य १७६ रुपैयाँ ७० पैसा रहेको छ । सबै भन्दा धेरै मूल्य भएको वाणिज्य बैंकमा नबिल बैंक रहेको छ । बैंकको बजार मुल्य ८१० रहेको छ । त्यस्तै विगत २ आर्थिक वर्ष देखि लाभांश नदिएको एनआईसी एशिया बैंकको बजार मूल्य ६६५ रुपैयाँ २० पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

14%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS