IME Life

लाभांश पारित गर्न फरवार्डले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA

काठमाडौं । फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले पुस ३० गते वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा हुने कम्पनीले जनाएको छ । सभा दिउँसो १ बजेबाट सुरु हुनेछ।

कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को मुनाफाबाट ३० प्रतिशत लाभांश प्रस्ताव पेस गर्ने छ। कम्पनीले लगानीकर्तालाई २५ प्रतिशत बोनश शेयर र कर सहित ५ प्रतिशत नगद लाभांश दिन लागेको हो। कम्पनीको साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा छलफल गर्ने, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने, संस्थाको अधिकृत पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने लगायतका विभिन्न प्रस्ताव पारित गर्ने जनाएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने जनाएको छ। त्यसकारण बुक क्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS