IME Life

लाभांश पारित गर्न श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको डाक्यो पुस २९ गते एजिएम

SPIL
NIC ASIA

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले पुस २९ गते २८औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस ७ गतेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान १० बजे गर्नेछ ।

सभाले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाब नगद विवरणहरु पारित गर्नेछ ।

Prabhu
Crest

यस वर्ष कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा २ दशमलव ४० प्रतिशत बोनश शेयर र कर प्रयोजन समेतका लागि ५ दशमलव २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

विद्यमान संस्थापकतर्फको ५३ दशमलव ३२ प्रतिशत र सर्वसाधारणतर्फको ४६ दशमलव ६८ प्रतिशत शेयर स्वामित्व परिवर्तन गरी संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत कायम गर्ने विषयलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश र सभामा भाग लिन पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS