IME Life
Beema Board

बुटवल पावरले घोषणा गर्यो लाभांश, साधारण सभा पुस ३० गते

SPIL
NIC ASIA

काठमाडौं । बुटवल पावरले लाभांश घोषणा गरेको छ । कम्पनीले पुस ७ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफा बाट आफ्ना शेयरधनीलाई बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायाम चुक्ता पुँजीको ५ प्रतिशत बोनश ७ दशमलव ५ प्रतिशत नगद गरि कुल १२ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले उक्त प्रस्ताव पारित गर्न आगामी पुस ३० गते कार्की ब्यान्क्वेटमा साधारणसभा आह्वान गरेको छ ।

Prabhu
Crest

सभाले संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ को वित्तिय विवरणहरू उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण समितिको सिफारिस अनुसार आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले स्वतन्त्र संचालक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनीहरूको तर्फवाट प्रतिनिधित्व गर्ने एक जना महिला संचालक सहित दुई जना संचालकहरूको निर्वाचन गर्ने, आर्थिक वर्ष २०७८ /२०७९ मा विभिन्न संस्था तथा व्यक्तिहरूलाई दिइएको आर्थिक सहयोग रकम २,५२,८२० अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १८ गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS