IME Life
Beema Board

जीवन बीमा कम्पनीको ८०% ब्यवसाय नविकरणको आडमा, कुन कम्पनीको बजार हिस्सा कति ?(सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०७९ /८० को कार्तिक महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ४६ अर्ब १ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जसमा कम्पनीहरुले ३६ अर्ब ८९ करोड ४२ लाख रुपैयाँ नविकरण बीमा मार्फत आर्जन गरेको छन् भने ९ अर्ब ११ करोड रुपैयाँ मात्रै नयाँ ब्यापार (प्रथम बीमा शुल्क) आर्जन गरेका छन् ।

बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक हेर्दा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्कको बजार हिस्सा २० प्रतिशतभन्दा पनि कम देखिएको छ भने नविकरण बीमा शुल्कको बजार हिस्सा भने ८० दशमलव १८ प्रतिशत देखिएको छ ।

Prabhu
Crest

यो बीमा कम्पनीहरुको नविकरण बीमा शुल्कको बजार हिस्सालाई हेर्ने हो भने बीमा व्यवसाय नविकरणकै भरमा बाचिरहेको देखिन्छ । पछिल्लो समय आर्थिक मन्दीको कारण पनि अभिकर्ताहरुले बीमा व्यवसाय ल्याउन नसकिरहेको अवस्थामा जीवन बीमा व्यवसाय नविकरणको आडमा चल्नु परेको छ ।

यस अवधिसम्ममा नेपाल लाइफले नविकरण बीमा शुल्क मार्फत ११ अर्ब १४ करोड १८ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । जसमा यस कम्पनीको बजार हिस्सा ३० प्रतिशत रहेको छ । दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले ५ अर्ब ८ करोड ७४ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । कम्पनकिो बजार हिस्सा भने १३ प्रतिशत रहेको छ । नेशनल लाइफले यस अवधिमा ४ अर्ब ४० करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको बजार हिस्सा ११ दशमलव ९४ प्रतिशत रहेको छ ।
त्यसैगरी यूनियन लाइफले २ अर्ब ९ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको बजार हिस्सा भने ५ प्रतिशत रहेको छ । एशियन लाइफले १ अर्ब ८३ करोड नविकरण बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको बजार हिस्सा ४ प्रतिशत रहेको छ । राष्ट्रिय बीमा संस्थानले १ अर्ब ३० करोड नविकरण बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको बजार हिस्सा ३ दशमलव ५५ प्रतिशत रहेको छ । मेट लाइफले १ अर्ब ३० करोड नविकरण बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको बजार हिस्सा ३ दशमलव ५४ प्रतिशत रहेको छ ।

त्यस्तै, प्राइम लाइफले १ अर्ब २७ करोड नविकरण बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको बजार हिस्सा ३ दशमलव ४४ प्रतिशत रहेको छ । सिटिजन लाइफले १ अर्ब २२ करोड नविकरण बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको बजार हिस्सा ३ दशमलव ३३ प्रतिशत रहेको छ । सूर्या लाइफले १ अर्ब १८ करोड नविकरण बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको बजार हिस्सा ३ दशमलव २२ प्रतिशत रहेको छ ।

करोडमा नविकरण बीमा शुल्क आर्जन गर्ने कम्पनीहरु
गुराँस लाइफले ८७ करोड १९ लाख नविकरण बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको बजार हिस्सा २ दशमलव ३६ प्रतिशत रहेको छ । आइएमई लाइफले ८३ करोड ८२ लाख नविकरण बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको बजार हिस्सा २ दशमलव २७ प्रतिशत रहेको छ । रिलायन्स लाइफले ७७ करोड ९८ लाख नविकरण बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको बजार हिस्सा २ दशमलव ११ प्रतिशत रहेको छ । ज्योति लाइफले ७७ करोड ४६ लाख नविकरण बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको बजार हिस्सा २ दशमलव १० प्रतिशत रहेको छ ।

त्यसैगरी रिलायबल नेपाल लाइफले ६७ करोड ७२ लाख नविकरण बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको बजार हिस्सा १ दशमलव ८४ प्रतिशत रहेको छ । सन नेपाल लाइफले ६५ करोड ९९ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको बजार हिस्सा १ दशमलव ७९ प्रतिशत रहेको छ । सानिमा लाइफले ५४ करोड २३ लाख नविकरण बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको बजार हिस्सा १ दशमलव ४७ प्रतिशत रहेको छ । प्रभु लाइफले ५१ करोड ९ लाख नविकरण बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको बजार हिस्सा १ दशमलव ३८ प्रतिशत रहेको छ । महालक्ष्मी लाइफले ३६ करोड ७६ लाख नविकरण बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको बजार हिस्सा १ प्रतिशत मात्रै रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS