IME Life
Beema Board

राष्ट्रिय बीमा कम्पनीको नाफा ५१ करोड ६३ लाख, अन्य वित्तीय सूचक कस्ता ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१को तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । २६ करोड ६६ लाख शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा ५१ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६८ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २४.७८ प्रतिशतले घटेको हो ।

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म  स्पेसियल रिजर्भ शिर्षकमा ३ अर्ब ३१ करोड १३ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ३ अर्ब ५६ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

Prabhu
Crest

चैत्र मसान्तसम्ममा कम्पनीले १ अर्ब १५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ४२.९२ प्रतिशतले घटेको हो ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २५८.१९ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १६११.२९ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS