IME Life
Beema Board

बीमा कम्पनीहरुको ३५० वटा पोलिसीमा संकास्पद कारोबार, एउटैले ५ करोडसम्मको एकल बीमा पोलिसी खरिद

SPIL
NIC ASIA

काठमाडौं । सम्पत्ति शुद्धिकरण तथा अनुसन्धान विभागले बीमा कम्पनीहरुबाट जारी भएका बीमा पोलिसी मध्ये ३५० वटा कारोबारलाई संकास्पद कारोबारको सूचिमा राखेर अनुसन्धान अगाडी बढाएको छ । बीमा कम्पनीहरुमा प्रयोग गरिएको गोएमएल सफ्टवेयर मार्फत करिव ३५० वटा कारोबारलाई संकास्पद मानिएको हो ।

जसमा ५ करोड रुपैयाँसम्मको एकल बीमा शुल्कका पोलिसी रहेका छन् । सफ्टवेयर मार्फत सबैभन्दा धेरै प्रथम बीमा शुल्क पोलिसी र ठुलो ठुलो आकारका सावधिक जीवन बीमा योजनालाई संकास्पद मानिएको छ । मुद्रा निर्मलिकरण निवारणको लागि गठित वित्तीय सूचना इकाईले प्रयोग गरिरहेको एकीकृत सूचना प्रणाली (गोएमएल) मा प्रत्येक बीमा कम्पनीहरुले नियमित रुपमा अद्यावधिक गरेका विवरणलाई अनुसन्धान गरिन्छ ।

Prabhu
Crest

यस्तो कारोबारलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो ‘सिआइबी’ले अनुसन्धान लगाडी बढाएको छ । अवैध स्रोतबाट आर्जन गरेको मुद्रालाई बैंक वित्तीय संस्था, बीमा कम्पनीहरु मार्फत् शुद्धिकरण गर्ने प्रवृत्तिलाई अंकुश लगाउने उद्देश्यले यो सफ्टवेयर लागू गरिएको हो ।

कतिपय व्यक्तिले एकै समयमा धेरै वटा कम्पनीहरुमा बीमा पोलिसी खरिद गरेको पाइएको छ । स्रोतमा संका लागेका पोलिसीलाई यस सफ्टवेयरले निगरानिमा राख्नेछ । बीमा कम्पनीहरुमा लागु गरिएको यस सफ्टवेरले जति मात्रामा संकास्पद कारोबारको सूचना दिनु पर्ने हो नदिएको भन्दै प्रश्न उठेको छ । अहिले संकास्पद देखिएका कारोबारको संख्या एकदमै कम भएको भन्दै विभागले प्राधिकरणलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिएको छ । प्राधिकरणले बीमा कम्पनीहरुलाई सफ्टवेयरले मागेका सम्पुर्ण विवरण पेश गर्न समेत निर्देशन दिएको छ ।

फाइनान्सियल इन्टेलिजेन्स युनिट–एफआईयू नेपालले सार्वजनिक गरेको गत आर्थिक वर्षको प्रतिवेदन अनुसार सफ्टवेयर मार्फत २ हजार ७५० वटा संकास्पद कारोबारको उजुरी परेको छ । अघिल्लो आर्थिक वर्षमा एक हजार ५३३ वटा उजुरी परेको थियो ।

बैंक वित्तीय संस्थाले सफ्टवेयरमा राम्रो सँग सूचना इन्ट्रि नगरेको भन्दै अहिले छलफल भइरहेको छ । यसका लागि छुट्टै युनिट नै खडा गर्ने हो कि भन्नेसम्मका छलफल भइरहेका छन् । परेका उजुरीमा भने अनुसन्धान भइरहेको छ । कतिपय उजुरीको किनारा लगाइसकिएको छ ।

आर्थिक कारोबार बढे सँगै संकास्पद कारोबार बढ्नुलाई स्वभाविक मानिन्छ । नियम अनुसार १० लाख भन्दा माथिको कारोबारमा स्रोत खोजिन्छ । राष्ट्र बैंकले अनलाइन प्रणालीबाटै कारोबारको अनुगमन गरिरहेको छ । राष्ट्र बैंकले बीमा समिति सँग यस विषयमा निरन्तर छलफल गरिरहेको छ ।

बीमा क्षेत्र अन्य वित्तीय क्षेत्र भन्दा बढि जोखिमयुक्त क्षेत्र मानिन्छ । कालोधन तथा स्रोत नखुलेको पैसा ल्याण्डिङका लागि बीमा क्षेत्र सबैभन्दा सजिलो क्षेत्र मानिन्छ । १० लाख भन्दा मुनिका बीमा शुल्क १० वटै बीमा कम्पनीबाट खरिद गर्दा पनि दुई करोड रुपैयाँ सजिलै ह्वाइट हुन्छ । त्यसमा पनि तीन वर्षसम्म सरेण्डर गर्न नपाउने व्यवस्था सँगै दीर्घकालिन सोचका साथ बीमा क्षेत्रमा पैसा पार्किङ गर्न सबैभन्दा सजिलो हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%

खुसी

0%

दु :खी

43%

अचम्मित

0%

उत्साहित

14%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS