IME Life
Beema Board

नेपाल राष्ट्र बैंकले १ अर्ब ५३ करोड मुद्दती निक्षेपमा लगानी गर्ने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले १ अर्ब ५३ करोड १५ लाख रुपैयाँ रकम मुद्दती निक्षेपमा लगानी गर्न लागेको जनाएको छ ।

बैंकले क, ख र ग वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम मुद्दती निक्षेपमा राख्न लागेको हो । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब २२ करोड ५३ लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा २२ करोड ९७ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २ करोड ६५ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्न लागेको जनाएको छ ।

Prabhu
Crest

आफूले मुद्दती निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदर समेत उल्लेख गरी आवेदन दिन राष्ट्र बैंकले आग्रह गरेको छ । आवेदन यही मंसिर १८ गते मध्यरात १२ बजेसम्म दिन सकिनेछ । आगामी पुस १ गतेदेखि २०८० को मंसिर ३० गतेसम्म तीन सय ६६ दिन उक्त रकम मुद्दती निक्षेपमा राखिनेछ ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा पनि दुई वर्ष, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष अनुपात कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको पाँच प्रतिशत भन्दा कम रहेको र खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्नेछ ।

आर्थिक वर्ष २०७८/०७९ मा सञ्चालन मुनाफामा (व्यवस्था पछिको) रहेको, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको र कर्जा, निक्षेप अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेर सर्त पूरा गरेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

Notice-for-investment-as-on-2079.09.01

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS