IME Life
Beema Board

शाखारहित बैंकिङमार्फत् कारोबार गर्दा पाँच विषयमा ध्यान दिन राष्ट्र बैंकको आग्रह

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शाखारहित बैंकिङ्ग सेवामार्फत् कारोबार गर्दा विभिन्न पाँच विषयमा ध्यान दिन आग्रह गरेको छ । बैंकिङ्ग पहुँच अभिवृद्धि गर्ने अभिप्रायले गरिएको यस व्यवस्था बमोजिम सेवा उपभोग गर्दा मुख्य पाँच वटा विषयमा विशेष ध्यान दिन राष्ट्र बैंकले आग्रह गरेको हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको आधिकारिक प्रतिनिधि र सहायक प्रतिनिधिमार्फत् मात्र तोकिएको सेवा केन्द्रमा गई कारोबार गर्नुपर्नेमा ध्यानाकर्षण गराएको छ । त्यस्तै, सेवाग्राहीले कुनै पनि कारोबार गर्दा विद्युतीय उपकरणमार्फत् मात्र गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

Prabhu
Crest

त्यस्तै, कुनै पनि कारोबार गरिसकेपछि विद्युतीय उपकरणबाट प्राप्त हुने प्रिन्टेड स्लिप अनिवार्य रुपमा लिई आफूले गरेको कारोवारबमोजिम भए नभएको यकीन गर्नुपर्नेछ । साथै, विद्युतीय उपकरणबाट सुनिने आवाज (ध्वनी) मार्फत् पनि आफूले गरेका कारोवारको यकीन गर्न सकिने राष्ट्र बैंकले आग्रह गरेको छ ।

शाखारहित बैंकिङ्ग कारोवारमार्फत रकम जम्मा गर्दा, ऋणको किस्ता तिर्दा अथवा रकम झिक्दा आफूले कारोवार गरे बमोजिमको भए–नभएको बेला बेलामा बैंक खातामार्फत् समेत यकीन गर्नुपर्दछ । व्यक्तिगत सम्बन्धको आधारमा कसैलाई बैंकमा रकम जम्मा गर्न दिएको भए त्यस्तो रकम सम्बन्धित खातामा जम्मा भए–नभएको तुरुन्त यकीन गर्नुगर्ने जनाएको छ ।

त्यस्तै, सेवा सञ्चालनका सम्बन्धमा केही सुझाव तथा गुनासो भएमा राष्ट्र बैंकको गुनासो सुनुवाई पोर्टलमा जानकारी गराउन राष्ट्र बैंकले आग्रह गरेको छ ।

Notice-related-BLB

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS