IME Life
Beema Board

एनसीसी बैंकको नगद लाभांश शेयरधनीको खातामा जम्मा

SPIL
NIC ASIA

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले यस वर्षको नगद लाभांश वितरण शुरु गरेको छ । बैंकले यही मंसिर ६ गतेदेखि नगद लाभांश वितरण शुरु गरेको हो ।

बैंकको मंसिर २ गते सम्पन्न २५ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष ०७८/७९ को सञ्चित मुनाफाबाट ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।

Prabhu
Crest

बैंकले ३ दशमलव ३६ प्रतिशत बोनश शेयर र करसमेत ७ दशमलव ६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । बैंकले साधारण सभा र लाभांश प्रयोजनका लागि कात्तिक १५ गते एक दिन बुक क्लोज गरेको थियो । यसर्थ असोज ११ गतेभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई नियमानुसार बैंकको शेयर रजिष्ट्रार सनराइज क्यापिटलमा कात्तिक १५ गतेसम्म शेयर दर्ता किताबमा कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।

सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामै नगद लाभांश जम्मा गरिएको बैंकले जानकारी दिएको छ । नगद लाभांश बैंक खातामै जम्मा गर्ने व्यवस्था रहेकाले हालसम्म आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सदस्यहरूलाई यथाशीघ्र गराई लाभांश प्राप्त गर्न बैंकले आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS