IME Life
Beema Board

कालिञ्चोक दर्शनले आजदेखि आइपीओ निष्काशन गर्दै, ककसले दिन पाउँछन् आवेदन ?

SPIL
NIC ASIA

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले आज मंसिर १४ गते बुधवारदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले पहिलो चरणमा जारी पूँजी ६० करोडको २ प्रतिशत अर्थात् १ करोड २० लाख बराबरको १ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दामा निष्काशन गर्नेछ । जारी पूँजीको १८ प्रतिशत अर्थात् १० करोड ८० लाख बराबरको १० लाख शेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गर्ने जनाएको छ ।

Prabhu
Crest

आयोजना प्रभावित स्थानीयमा निष्काशन हुने यस आइपीओ छिटोमा मंसिर २८ गते र ढिलोमा पुस १४ गतेसम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भने मंसिर २८ गतेभित्रै आवेदन दिनुपर्नेछ । दुवै समूहका लगानीकर्ताका लागि यस आइपीओ खरीदमा न्यूनतम १० कित्ताको सीमा तोकिएको छ ।

स्थानीयले अधिकतम ४ हजार ९९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम १० हजार ८०० कित्तासम्म माग गर्न सक्नेछन् ।कम्पनीको आइपीओ विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

केयर रेटिङ नेपालले यस आइपीओलाई दायित्व वहन गर्न सक्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ ।

लगानीकर्ताले विक्री प्रबन्धकसँगै कालिञ्चोक दर्शन लिमिटेडको कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेगा बैंक, सेञ्चुरी बैंक दोलखाको तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट यस आइपीओमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट करीब १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३ हजार ८४२ मिटरको उचाइमा रहेको कालिञ्चोक भगवती मन्दिरसम्म पुग्ने केबलकार सञ्चालन गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS