IME Life
Beema Board

जीवन बीमा कम्पनीमा सरेण्डरको बाढी, तीन महिनामै साढे तीन अर्बको सरेण्डर : कुन कम्पनीको कति (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनीहरुमा सरेण्डरले भयावह रुप लिन थालेको छ । विगतका वर्षमा जानेर अन्जानमा बीमा पोलिसी खरिद गर्नेहरुले धमाधम सरेण्डर गर्न थालेका छन् । यस्तो क्रम गत असोजमा अत्याधिक देखिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा समर्पण संख्या २२ हजार ३३७ वटा पुगेको छ ।

बीमा प्राधिकरणले गत वर्ष सरेण्डरमा कडाइ गर्दा साउनमा अत्याधिक संख्यामा बढ्यो । पोलिसीका कारणले गर्दा साउनमा बढेको र भदौ असोजमा कम हुने अनुमान गरिएको थियो । साउनको तुलनामा कम देखिए पनि संख्या हेर्दा खासै सुधार भने देखिदैन ।

Prabhu
Crest

प्राधिकरणका अनुसार असोज महिनामा मात्रै ६ हजार ६३ वटा पोलिसी सरेण्डर भएका छन् । यो भनेको ७७ करोड ३२ लाखको सरेण्डर हो । त्यस्तै भदौ महिनामा ८ हजार ५२ वटा पोलिसी सरेण्डर भएका थिए । यस बापत एक अर्ब १४ करोडको सरेण्डर भयो । साउनमा भने ८ हजार ४२२ वटा पोलिसी सरेण्डर भएको थियो । यसबापत एक अर्ब ५१ करोडको सरेण्डर भयो । जीवन बीमा कम्पनीमा यहि हिसावले सरेण्डर हुँदै जाने हो भने नविकरण बीमा शुल्कको बृद्धिदरमा व्यापक गिरावट आउने छ ।

जीवन बीमा कम्पनीमा जति धेरै सरेण्डर रेसियो बढ्दै जान्छ त्यतिनै नकारात्मक मानिन्छ । साउन र भदौमा अन्य कम्पनीको तुलनामा कम सरेण्डर देखिएको राष्ट्रिय बीमा सस्थानको सरेण्डर असोज महिनामा भने दोब्बर भन्दा धेरैले बढेको छ । साउनमा मात्रै कम्पनीमा १४७३ वटा पोलिसी सरेण्डर भयो । नेपाल लाइफले भने असोज महिनासम्ममा सरेण्डर संख्या घटाउन सफल भएको छ । गत साउन र भदौमा नेपाल लाइफमा सरेण्डर ठुलो समस्याको रुपमा थियो ।

सरेण्डरमा सबैभन्दा ठुलो भुमिका अभिकर्ताकै हुने गरेको छ । कतिपय अभिकर्ताले आफुले कम्पनी परिवर्तन गर्दा आफु सँगै आफ्ना बीमितलाई पनि सरेण्डर गराएर लैजान्छन् । अर्को तर्फ टार्गेट पुरा गर्न अभिकर्ताले नचाहिने पोलिसी खरिद गरेका हुन्छन् । यसले गर्दा पनि सरेण्डर बढिरहेको छ ।

विगत ४/५ वर्षमा जीवन बीमा व्यवसाय धेरै नै फष्टायो । यसको प्रमुख कारण थियो बीमा कम्पनीहरुले दिने कमिशन र इन्सेन्टिभ रकम । टार्गेट पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीहरुले आकर्षण स्किम दिएका थिए । विदेश घुम्न जानेदेखि लिएर गाडी मोटरसाइकलसम्मको उपहार दिएका थिए । यसरी उपहार तथा विदेश भ्रमणकै लागि भए पनि अभिकर्ताहरुले आफ्नै पैसा खर्च गरेर पोलिसी खरिद गरेका थिए । उनिहरुले टार्गेट पुरा गरेर इन्सेन्टिभ तथा स्किम प्राप्त गरिसकेका छन् । समर्पण गर्दा पनि उनिहरुलाई पहिला प्राप्त गरेको स्किम तथा इन्सेन्टिभबाट बढि फाइदा हुन्छ ।

अर्को तर्फ वास्तविक बीमित पनि अहिलेको आर्थिक मन्दीमा प्रभावित छन् । ठुलो ठुलो बीमा पोलिसी खरिद गरेकाले अहिलेको समयमा नविकरण गर्न सक्ने अवस्था छैन । पोलिसीलाई निरन्तरता दिदा लाखौ रुपैयाँ चाहिन्छ । त्यसैले पोलिसी नविकरण गर्नु भन्दा पोलिसी नै सरेण्डर गर्ने मनस्थितिमा वीमित पुगेका हुन् । आर्थिक मन्दीले व्यापार व्यवसाय घटेको छ । नियमित तलब आर्जन गर्नेको पनि बचत छैन । मूल्य बृद्धिले गर्दा नियमित जिविकोपार्जन गर्नै धौ धौ परिरहेको छ । यसको प्रत्यक्ष असर नविकरण बीमा शुल्कमा परेको छ । कतिपयले नविकरण गरिरहेका छैनन् भने कतिपयले सरेण्डर नै गरेर जनि आउछ त्यो रकम लिने अवस्थामा बीमित छन् ।

बीमा कम्पनीहरुले अहिले भइरहेको सरेण्डरलाई रोक्न सक्किमहरु ल्याउनु जरुरी छ । सरेण्डर नै गराउनु भन्दा एक दुई वर्षका लागि होल्ड गराउने र पैसा हुँदा निश्चित प्रतिशत व्याज लिएर पोलसी नविकरण गराउदा बीमित र कम्पनी दुबैलाई फाइदा हुनेछ । अहिले नै सरेण्डर गराउदा न त कम्पनीलाई नत बीमितलाई नै फाइदा हुन्छ । यसबाट केबल अभिकर्ताले मात्रै फाइदा उठाउछन् । यस तर्फ बीमा कम्पनी र बीमा प्राधिकरणले पनि नीतिगत रुपमा प्रयास थाल्नु पर्छ । रुख भए पो फल खाना पाइन्छ बोट नै मासिए पछि फलको आशा कसरी गर्नु ।

सरेण्डरको विवरण

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

67%

दु :खी

11%

अचम्मित

11%

उत्साहित

11%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS