IME Life
Beema Board

मर्जर हुँदै गरेका प्राइम, गुराँस र यूनियन लाइफलाई दाँजेर हेर्दा (तथ्यांकसहित)

SPIL
NIC ASIA

काठमाडौं । बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब चुक्ता पूँजीको लक्ष्य दिएसँगै हकप्रदको साटो धेरै जीवन बीमा कम्पनीहरुले मर्जरको बाटो रोजेको देखिएको छ । यसै बीच ३ जीवन बीमा कम्पनी गुराँस लाइफ, प्राइम लाइफ र यूनियन लाइफ पनि मर्जरमा जाने प्रक्रियामा छन् । गुराँस लाइफ र प्राइम लाइफ पुराना जीवन बीमा कम्पनी हुन् भने यूनियन लाइफ नयाँ जीवन बीमा कम्पनी हो । तीन जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष ७९/८० को प्रथम त्रैमासको ( ३ महिनाको ) रिपोर्ट सार्वजनिक गरेको अवस्थामा इन्स्योरेन्स खबर टिमले गरेको तुलनात्मक अध्ययन :

Prabhu
Crest

चुक्ता पूँजीको आधारमा :
चुक्ता पूँजीको आधारमा प्राइम लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ७७ करोड छ भने यूनियन लाइफको चुक्ता पुँजी २ अर्ब १५ करोड रहेको छ त्यस्तै गुराँस लाइफको चुक्ता पुँजी २ अर्ब ८ करोड रहेको छ । बीमा प्राधिकरणको अनुसार जीवन बीमा कम्पनीलाई ५ अर्ब चुक्ता पुँजी आवश्यक पर्ने देखिन्छ । मर्जर पश्चात नयाँ बन्ने कम्पनीले सो लक्ष्य सजिलै हासिल गर्ने देखिन्छ ।

जगेडा कोषको आधारमा :
यूनियन लाइफको जगेडा कोषमा १ अर्ब ३३ करोड संचित छ भने गुराँस लाइफको जगेडा कोषमा ६४ करोड रुपैयाँ संचित हुँदा प्राइम लाइफको जगेडामा ५९ करोड रुपैँया संचित छ ।

जीवन बीमा कोषको आधारमा :
जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको ठुलो महत्व रहेकोमा जीवन बीमा कोषमा प्राइम लाइफ अघि छ । प्राइम लाइफको जीवन बीमा कोषमा १९ अर्ब ८९ करोड छ भने गुराँस लाइफको जीवन बीमा कोषमा १३ अर्ब ११ करोड हुँदा यूनियन लाइफको जीवन बीमा कोषमा १२ अर्ब ३२ करोड रुपैयाँ संचित छ ।

बीमा शुल्क आर्जन रकमको आधारमा :
बीमा शुल्क आर्जन रकमको आधारमा चालु आर्थिक वर्षको पहिलो ३ महिनाको अवधिमा यूनियन लाइफले सर्वाधिक १ अर्ब ८६ करोड खुद बीमा शुल्क आर्जन गरेको छ भने प्राइम लाइफले १ अर्ब १४ करोड खुद बीमा शुल्क आर्जन गर्दा गुराँस लाइफले ७४ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

खुद नाफाको आधारमा :
खुद नाफाको आधारमा चालु आर्थिक वर्षको ३ महिनामा प्राइम लाइफले ५ करोड २५ लाख खुद नाफा गरेको छ भने गुराँस लाइफले ६ करोड ३५ लाख खुद नाफा गर्दा यूनियन लाइफ २ करोड ७८ लाख खुद नाफामा रहेको छ ।

प्रति शेयर आम्दानीको आधारमा :
प्रति शेयर आम्दानीको आधारमा गुराँस लाइफको वार्षिक प्रति शेयर आम्दानी १२ रुपैयाँ १९ पैसा हुँदा प्राइम लाइफको ७ रुपैयाँ ५६ पैसा र यूनियन लाइफको ५ रुपैयाँ १८ पैसा छ ।

किताबी मूल्य :
किताबी मूल्यको आधारमा यूनियन लाइफको किताबी मूल्य ( प्रति शेयर नेट्वर्थ ) १६८ रुपैयाँ ८९ पैसा हुँदा गुराँस लाइफको १३४ रुपैयाँ ८३ पैसा हुँदा प्राइम लाइफको १२८ रुपैयाँ ३० पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

62%

खुसी

0%

दु :खी

38%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS