IME Life

हरेक चुनौतीलाई अवसरमा बदल्ने शिखर इन्स्योरेन्सको सफलता, ‘करोड लगानी गर्नेको पोर्टफेलियो अर्ब नाघ्यो’

SPIL
NIC ASIA

काठमाडौं । हरेक चुनौतीलाई अवसरमा बदल्न सफल शिखर इन्स्योरेन्स कम्पनी १८ वर्ष पुरा गरि १९ वर्षमा प्रवेश गरेको छ । नेपालमा गुणस्तरिय निर्जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यका साथ बिभिन्न पेशा ब्यबसायमा आवद्ध ब्यक्तित्वहरुको सक्रियतामा स्थापित शिखर इन्स्योरेन्स आजैका दिन अर्थात २०६१ मंसिर २ गतेदेखि सञ्चालनमा आएको थियो ।

निर्वाचन अचारसंहिताको कारण कुनै औपचारिक कायक्रम नगरी देशव्यापी रुपमा रक्तदान सप्ताह कार्यक्रम सम्पन्न गरी कम्पनीले आफ्नो वार्षिकउत्सव मनाइरहेको छ । कात्तिक २७ बाट सुरु भई मंसिर २ सम्म देशभर सातै प्रदेशमा सम्पन्न हुने रक्तदान कार्यक्रममा मंसिर १ गतेसम्म बैंक तथा बीमा कम्पनीका कर्मचारीहरु, खेलाडी, विद्यार्थी, बीमा सर्भेयर, एजेन्ट तथा सर्वसाधारण जनता गरी एघार सय भन्दा बढी व्यक्तिले रक्तदान गर्नु भएकोे छ भने मंसिर २ गते सम्ममा करिब पन्ध्र सय व्यक्तिहरुबाट रक्तदान गरिने अपेक्षा रहेको छ ।

Prabhu
Crest

वि.सं. २०६१ सालमा १५ औं निर्जिवन बीमा कम्पनीको रुपमा स्थापना भएको शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापना को छोटो समयमै आम जनमानसमा भिन्न प्रकारको छाप छोड्दै नेपालको अब्बल बीमा कम्पनीको रुपमा आफुलाई स्थापित गर्न सफल भएको छ ।

रु. १० करोडको चुक्ता पुँजीबाट स्थापना  भएको यस कम्पनीको हाल रु.२२८ करोडको चुक्ता पुँजी रहनुका साथै रु.४८१ करोडको नेटवर्थ सहित निजि क्षेत्रबाट प्रवद्र्धित बीमा कम्पनीहरुमध्ये सबै भन्दा बढी नेटवर्थ रहेको निर्जिवन बीमा कम्पनीका रुपमा स्थापित गर्न सफल भएको छ । चुक्ता पुँजी, नेटवर्थ, शाखा संजाल, कर्मचारी संख्या, बीमा शुल्क तथा दाबी भुक्तानी, सोल्भेन्सी मार्जिन लगायत अन्य प्रमुख सुचकांकमा शिखर इन्स्योरेन्स अन्य बीमा कम्पनीहरु भन्दा अग्रणी स्थानमा रहेको छ । स्थापनाको १८ वर्षको अवधिमा शिखर इन्स्योरेन्सले नगद लाभांस तथा बोनस शेयर गरी सर्वाधिक २७५ प्रतिशतको शेयरधनी प्रतिफल प्रदान गरेकोे छ ।

साथै स्थापनाको १८ वर्षको अवधिमा यस कम्पनीले १७ अर्व भन्दा बढीको दाबी भुक्तानी गरेको छ । कम्पनीबाट चुस्त रुपमा हुने दाबी फछ्र्यौटकै कारण विश्वसनिय बीमा कम्पनीको रुपमा स्थापित गर्न सफल भएको छ । शिखर इन्स्योरेन्सले आ.व. २०७८।७९ मा नेपालको निर्जिवन बीमा क्षेत्रमै पहिलोपटक रु ५०० करोड भन्दा बढीको बीमा शुल्क संकलन गरी ऐतिहसिक सफलता हासिल गरेको थियो ।

यस अवधिमा शिखरले तीन पटक हकप्रद शेयर निष्काशन गरेर लगानीकर्ताहरु सँग ९३ करोड २२ लाख रुपैयाँ उठाएको छ भने बोनस शेयर मार्फत शेयरधनीहरुले एक अर्ब २४ करोड रुपैयाँ प्राप्त गरेका छन् । कम्पनी स्थापना हुँदा एक करोड १५ लाख लगानी गर्ने संस्थापकले आजका दिनमा एक डेड अर्ब भन्दा माथिको पूँजीकरण भएको छ । कर्मचारीले आइपिओ मार्फत खरिद गरेको लगानी आज करोडौको भएको छ । त्यतिवेला ४४ हजार लगानी गर्ने कर्मचारीले एक करोड भन्दा माथिको पोर्टफेलियो बनाएका छन् ।

नेपालमा निश्चित व्यवसायिक समुहबाटै उद्योग कलकारखानादेखि लिएर बैंक वित्तीय संस्था र बीमा कम्पनी स्थापना गर्ने परिपाटी धेरै लामो समयदेखि चल्दै आएको छ । तर सम्बन्धित व्यवसायिक समुहको दवाव र प्रभावले गर्दा कम्पनीहरुले पुर्ण रुपमा काम गर्न सक्दैनन् । यहि यथार्थलाई नियालीरहेका उदाउदा व्यवसायी र उच्च व्यवस्थापनको परिकल्पनामा शिखरको अवधारणा विकास भएको थियो ।

एउटै व्यवसायिक समुहबाट बैंक वित्तीय संस्था र बीमा कम्पनी सञ्चालन हुनु राम्रो मानिदैन । यस्तो अवस्थामा बैंक वित्तीय संस्था प्रा.लि.को शैलीमा सञ्चालन हुने गरेको भन्दै प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेय सहित अन्य कम्पनीमा काम गरिरहेका उच्च व्यवस्थापन तहका साथिभाइहरु विचमा ‘रियल बीमा कम्पनी’को स्थापना हुनु पर्ने मत थियो । यहि समुहले संस्थापक लगानीकर्तालाई निर्जीवन बीमा व्यवसायको खाका प्रस्तुत गर्यो ।

लामो समयको छलफल र सहमति पछि दुई पक्षमा कम्पनी खोल्ने सहमति जुट्यो । जहाँ संस्थापकले व्यवस्थापकलाई हस्तक्षेप नगर्ने र व्यवस्थापकले शैद्धान्तिक आधारलाई टेकेर निर्जीवन बीमा व्यवसाय गर्ने सहमति भयो । संस्थापकहरुले पनि दिप पाण्डेयलाई ‘तपाई आउने भए हुन्छ’ भने पछि सबै जना नयाँ कम्पनी स्थापनाका लागि कस्सिए ।

यहि समुहका साथिहरु विचमा कुरा हुँदा जहिले पनि नेपालका निर्जीवन बीमा कम्पनी पुनर्बीमा ब्रोकर जस्ता मात्रै भए भन्दै छलफल हुन्थ्यो । त्यतिवेला नेपालमा पुनर्बीमा कम्पनी थिएनन् । नेपाली कम्पनीहरु सँग जोखिम बहन गर्न सक्ने क्षमता थिएन । त्यसैले कम्पनीहरुले जति जोखिम लिन्थे त्यो सबै पुनर्बीमा कम्पनीमा हस्तान्तरण गरिदिन्थे । त्यसैले यस समुहको अर्को उद्देश्य थियो नेपालमा क्यापिटल बेस राम्रो भएको निर्जीवन बीमा कम्पनी स्थापना गर्ने । कम्पनीहरुले जोखिम नलिने भएकाले नेपालमा बीमा शुल्क पनि महंगो थियो ।

यदि कम्पनीको जोखिम बहन गर्न सक्ने क्षमता बढ्यो भने बीमा शुल्क पनि घट्ने उनिहरुको तार्किक विश्लेषण थियो । यस्तो भयो भने कम्पनी पुर्ण रुपमा कमिशनमै भर पर्नु नपर्ने र वास्तविक रुपमा निर्जीवन बीमाको अभ्यास हुने अवधारणाका साथ शिखरको स्थापना भयो ।

शिखरलाई अन्य कम्पनीको जस्तै व्यवसायिक घरानाको पनि राम्रो साथ र सहियोग मिल्यो । शिखरलाई बुद्ध एयर, एति एयरको समुहका साथै व्यावसायी शशिकान्त समुह, प्रदिप जंग पाण्डे लगायतको आड रह्ययो । बलिया व्यावसायिक समुह र बैंकरहरुको साथ सहयोगले पनि शिखरलाई छलाङ मार्न कुनै कठिनाइ भएन । एकातिर बलिया व्यवसायिक समुहको साथ सहयोग अर्को तर्फ उच्च व्यवस्थापनलाई स्वतन्त्र पुर्वक काम गर्ने वातावरण दिने भए पछि शिखरले भविष्यमा राम्रो स्थान ओगट्ने सुरुमै आकलन गरिएको थियो ।

शिखरको सफलताको अर्को प्रमुख कारण कर्मचारीको बृत्ती विकास र तालिम । कोभिड १९ भन्दा पहिला शिखरले हरेक दिन कुनै न कुनै तालिमका कार्यक्रम आयोजना गरेकै हुन्थ्यो । शिखर स्थापनाको अगुवाइ गर्ने १४/१५ जनाको समुहको पहिलो काम नै नियमित रुपमा तालिम दिने र क्षमता अभिबृद्धि गर्ने थियो । यसका लागि धेरै नै मिहिनेत गर्नु पर्यो । यो समुहले आफ्नो स्थान ओगट्ने धेरै ट्रेनर उत्पादन गरिसकेका छन् । यसले उच्च व्यवस्थापन तहका कर्मचारीको आत्मविस्वास बढायो ।

शिखरलाई आजको दिनमा २/४ जनाले कम्पनी छाड्दा कुनै समस्या हुँदैन । शिखरमा प्रवेश गरिसके पछि कसैले पनि कम्पनी छाड्न मान्दैन । बरु अन्य कम्पनीमा राम्रो पद पाएर जाने धेरै छन् । हिमालयन रिले शिखरबाटै ४ जना कर्मचारी तानेको छ । शिखरबाट छाडेर जानेले अन्य कम्पनीको नेत्तृत्व तहमा बसेर काम गरिरहेका छन् । यो नै शिखरको सफलता हो ।

यहि अवधारणाले शिखरलाई पहिलो नम्बरमा आउन १२ वर्ष पनि लागेन । भुकम्प आउन भन्दा अगाडी शिखर तेस्रो स्थानमा थियो । कम्पनीले पहिलो स्थानमा आउन अझै तीन चार वर्ष लाग्ने आकलन गरेको थियो । तर बैशाख १२ को भुकम्प पछिको पहिलो त्रैमाशमै कम्पनी पहिलो बन्न सफल भयो ।

यसको प्रमुख कारण थियो ‘समयमै दाबी भुक्तानी ।’ कम्पनीले भुकम्प गएको १४/१५ दिनदेखि दाबी भुक्तानी गर्न सुरु गर्यो । त्यस अवधिमा १६/१७ अर्ब भन्दा माथिको दाबी भुक्तानी गर्यो । जसले बीमितहरुमा शिखर प्रति विश्वासको वातावरण बनायो ।

शिखरले हरेक चुनौतीलाई अवसरको रुपमा ग्रहण गर्दै व्यवसायिक सफलताको आधार बनायो । भुकम्प पछि दाबी भुक्तानी गरेर बीमितको मन जितेको शिखरले मोटरको तेस्रो पक्ष बीमाका लागि यातायात कार्यालयमै काउन्टर खोल्यो । जसलाई अन्य कम्पनीहरुले अस्वस्थ प्रतिस्पर्धा गरेर बजार नै विगारिदिए । तर कम्पनीले बजारमा छुट्टै छाप छाड्न सफल भयो ।

बीमा समितिले लघु बीमा व्यवसायका लागि कम्पनीहरुलाई जिल्ला नै तोकिदिदा शिखरले भने एक तह माथि अगाडी बढेर लघुबीमामा काम गरिसकेको थियो । यसमा कम्पनीले ठुलो लगानी गरिसकेको छ । आजको दिनमा बीमाकम्पनीको आवस्यकता देशको कुनाकाप्चामा रहेको भन्दै कृषि बीमाको पोर्टफेलियो बढाउन शिखर तल्लिन छ । अवको दिनमा कम्पनीले सबैभन्दा ठुलो पोर्टफेलियो कृषि बीमामा बनाउने लक्ष्य बनाएको पाण्डेय बताउछन् ।

उनले भने ‘शिखरमा आजको दिनमा कृषि बीमाको पोर्टफेलियो बढिरहेको छ । यसको प्रमुख कारण कृषकले दाबी पाएर नै हो । यसरी दाबी पाउने कृषक अन्य बीमा गर्न पनि शिखरमै आउछन् यो हाम्रो सफलता हो ।’ कृषि बीमामा नाफा छैन खर्च पनि धेरै छ । कम्पनीले यसलाई खर्च भन्दा पनि लगानीको रुपमा लिएको छ । यहि जोखिमलाई अवसको रुपमा लिएको शिखरले यस वर्षमा कृषि बीमाको पोर्टफेलियो ७५ करोड भन्दामाथिको बनाउने लक्ष्य लिएको छ ।

तर कम्पनीलाई अहिले नै डर लाग्न थालिसकेको छ । पाण्डेय भन्छन् ‘कुन दिनदेखि अन्य कम्पनीहरुले पैसा बाड्न थाल्ने हुन् मलाइ अहिले नै डर लागिसक्यो । यदि यसमा पनि अन्य पोर्टफेलियोमा जस्तै अस्वस्थ प्रतिस्पर्धा भयो भने घाटा बेहोर्ने बाहेक हामी सँग अन्य विकल्प हुने छैन ।’

नेपालको बीमा उद्योगमा यो रोग धेरै पुरानो भइसकेको छ । बीमा क्षेत्रका अनुभवी र पाका सिइओ पाण्डेका अनुसार नेपालको बीमा उद्योग अस्वस्थ प्रतिस्पर्धाले नै अगाडी बढ्न सकेको छैन । कम्पनीहरुले यतिसम्म अस्वस्थ प्रतिस्पर्धा गरेका छन् अण्डर टेवल पैसाको लेनदेन गर्छन् । जुन कुरालाई प्रमाणित गर्नै सकिदैन ।

सिइओहरुले जवसम्म आफ्नो कार्यकालका लागि मात्रै काम गर्छन् तवसम्म बीमा उद्योगले फड्को नमार्ने पाण्डेको तर्क छ । दीर्घकालिन सोचका साथ काम नगर्दा अस्वस्थ प्रतिस्पर्धा मौलाएको उनको धारणा छ ।

शिखरले नयाँ नयाँ प्रोडक्ट ल्याएर काम गरिरहेको छ । तर अन्य कम्पनीहरु शिखरकै प्रोडक्टलाई पछ्याएर काम गरिरहेका छन् । हिजोका दिनमा कसैले पनि स्याउको बीमा हुन्छ भनेर सोचेकै थिएनन् । आजको दिनमा शिखरले स्याउकै बीमाबाट १५ करोड भन्दा माथिको बीमा शुल्क आर्जन गरिरहेको छ ।

निर्जीवन बीमा कम्पनीका चार वटा स्टेकहोल्डर हुन्छन् । पहिलो बीमित जसलाई कम्पनीले दाबी भुक्तानी गरेरै खुसी बनाएको हुन्छ । दोस्रो सरकार, जसलाई कम्पनीले ठुलो मात्रामा कर दिर्दै आएको छ । कम्पनीले प्रत्यक्ष अप्रत्यक्ष रुपमा एक अर्ब भन्दा धेरै कर तिर्दै आएको छ । तेस्रो कम्पनीको शेयरधनी, जसलाई कम्पनीले राम्रो प्रतिफल दिएर सन्तुष्ट बनाउदै आएको छ । चौथो स्टेक होल्डर कम्पनीका कर्मचारी जसले आकर्षक सेवा सुविधा पाउदै आएका छन् । शिखर प्रवेश गरिसके पछि कुनै पनि कर्मचारीले अर्को कम्पनीमा जाने सोच बनाउदैनन् । कम्पनीले हरेक डिपार्टमेन्टमा सक्सेसर निर्माण गर्ने गरेको छ । आजको दिनमा दुई चार जना कर्मचारीले छाडेर जादा कम्पनीलाई केहि फरक पर्दैन ।

जुन सुकै व्यक्ति तथा कम्पनी एउटा लेभलमा पुगे पछि स्याचुरेट हुन्छ । शिखरले विगत ७/८ वर्षमा जुन किसिमको गति लियो चालु आर्थिक वर्षमा त्यो गतिमा केहि ब्रेक लाग्ने मूल्याङ्कन गरिएको थियो । तर कोभिड १९ ले समग्रमा सम्पुर्ण कम्पनीहरुलाई नै प्रभावित पारेकाले शिखरलाई ‘कन्सोलडेसन’ हुनबाट बचायो । अर्थतन्त्र चलायमान हुने वित्तीकै शिखरले पनि थप गति लिने अनुमान गरिएको छ ।

अन्य कम्पनी जस्तै शिखरले पनि मर्जरलाई सोचिरहेको पाण्डेयले बताए । उनले भने ‘हामीले पनि मर्जरलाई हेरिरहेका छौ । केहि योजना पनि बनाएका छौ । आवस्यक ठान्यौ भने मर्जरलाई पनि अगाडी बढाउछौ ।’ शिखरले जहिले पनि बीमा समिति तथा समग्र मार्केटले भन्दा एक स्टेप अगाडी सोचेर योजना बनाउने गरेको छ । अहिले कम्पनी सँग भएको पूँजीको फोरकार्ट विगत दुई तीन वर्ष अगाडी नै शिखरले गरिसकेको थियो । शिखरको जति पूँजी जुटाउन अहिले दुई वटा कम्पनी मिल्नु पर्ने बाध्यता छ ।

मर्जर गर्दा अस्वस्थ प्रतिस्पर्धा कम हुने विषयलाई राम्रो सँग बुझेको शिखरले आफुलाई पनि पार्टर चाहेको महशुस गरिरहेको छ । यस्तो निर्णय अवस्था र परिस्थितिलाई नजर अन्दाज गरेर गर्ने दिप पाण्डेय बताउछन् । शिखरले कुनै समय बजारका सर्वाधिक ठुला दुई कम्पनी विचमा मर्जर प्रकृयालाई अन्तिम विन्दुमा पुर्याइसकेको थियो तर सफल भएन ।

शिखरले बीमाको पहुँच नेपालको बिकट जुम्ला हुम्ला, कालिकोट, मुगु, मुस्ताङ, बझाङ दैलेख डोटी , डोल्पा जस्ता दुरदराजका जिल्ला सहित कुल १०५ शाखा मार्फत सेवा प्रदान गरिरहेको । कम्पनीले निकट भविष्यमा थप २० शाखा विस्तार गर्दैछ । कम्पनी सम्पुर्ण बीमित बर्गको बिश्वास र भरोसाको केन्द्र भएका कारण नेपालमा भएका निर्जीवन बीमा कम्पनीहरु मध्ये सबै भन्दा बढी बीमाशुल्क आर्जन गर्ने कम्पनी बन्न सफल भएको छ ।

यस अवधीमा कम्पनीले बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त गर्न सफल भएको छ ।  जसमा नेपाल सरकार अर्थ मन्त्रालय, अन्तरिक राजश्व बिभाग, ठुला करदाता कार्यालय ललितपुरले आर्थिक बर्ष २०७१/०७२ मा सबैभन्दा बढि कर दाखिले गर्ने कम्पनीका रुपमा सम्मान पत्र प्रदान प्रदान गरेको थियो । नेपाल सरकारको ४९ प्रतिशत लगानी रहेको नेपाल पुनर्बीमा कम्पनी लि. आ.व. २०७५।०७६ र आ.व. २०७६।०७७ मा निर्जीवन कम्पनीहरु मध्ये पुनर्बीमा शुल्क र दाबीका आधारमा सबै भन्दा बढी नाफामुलक ब्यबसाय प्रदान गरेकोमा सम्मान पत्र प्रदान गरेको छ ।

शिखरले २०७१, २०७३, २०७४, २०७६ सालमा न्यु विजनेस एज संस्थाबाट वेष्ट म्यानेजर इन्स्योरेन्स कम्पनी पुरस्कार प्राप्त गर्न सफल भएको थियो । नेपालको दुर दराज बिकट जुम्ला, कालिकोट, डोल्पा मुगु का जनतालाई बर्षेनी मौषमका कारण स्याउ खेतिमा हुने नोक्सानीका कारण पर्न जाने आर्थिक भारलाई कम गर्न मौसम सुचकाङ्गक बीमालेख मार्फत किसानलाई भएको जोखिम तथा क्षतिको क्षति पुर्ति प्रदान गरेकै कारण UK Aid funded Adaptation at Scale prize Asia Network for Sustainable Agriculture and Bioresources (ANSAB) द्धारा २०१९ मा ५०,००० पाउण्डेस्ट्रलिङ बराबर पुरष्कार रासी प्राप्त गरेको छ ।

शिखरले स्थापनाको पहिलो आर्थिक वर्षमा जम्मा १३ करोड बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षमा कम्पनी एक्लैले ५ अर्ब एक करोड बीमा शुल्क आर्जन गर्न सफल भयो । पहिलो वर्ष ६ हजार वटा पोलिसी जारी गरेको शिखरले गत आर्थिक वर्षमा २ लाख ६२ हजार वटा पोलिसी जारी गर्यो ।

सुरुवाति अवर्षमा खासै मुनाफा आर्जन गर्न नसकेको शिखरले पछिल्ला वर्षमा राम्रै मुनाफा आर्जन गरिरहेको छ । कम्पनीले जुन हिसावले पूँजी बढाएको छ त्यसको अपातमा प्रतिशेयर आम्दानी भने कम छ । कुनै समय १५ प्रतिशतसम्म बजार हिस्सा ओगटेको शिखरले आफुलाई अस्वस्थ प्रतिस्पर्धाबाट पछाडि हटाउदै बजार हिस्सा १२ प्रतिशतमा झारेको छ । तर जति व्यवसाय गरिरहेको छ सबै गुणस्तरणय व्यवसाय रहेको सिइओ पाण्डेयको दाबी छ । कम्पनीको सवल पक्ष नेटवर्थमा धेरै नै सुधार छ । जुन शेयरधनीका हिसावले सुखद पक्ष हो ।

कम्पनीले सधै नम्बर एकको दौडमा आफुलाई कुराउने भन्दा पनि गुणस्तरिय र सेवामुलक कम्पनीको रुपमा स्थापित गर्ने रणनीति बनाएको छ । यो रणनीतिले केहि वर्ष कम्पनीको व्यवसायमा प्रभाव पारे पनि दीर्घकालमा प्रभावकारी हुने कम्पनीको विश्वास छ ।

१८ औं वार्षिकउत्सवको उपलक्ष्यमा कम्पनीको सफलतामा साथ तथा योगदान प्रदान गरेका विमित, कर्मचारी, बीमा अभिकर्ता तथा सर्भेयर, शेयरधनी, नेपाल बीमा प्राधिकरण लगायत सम्पूर्ण नियमनकारी निकायहरुमा शिखर इन्स्योरेन्स परिवारले हार्दिक धन्यबाद ज्ञापन गरेको ।

शिखर इन्स्योरेन्सका माइलस्टोनहरु

२०६१ जेठ १५ गते :- कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता

२०६१ असार १ गते :- बीमा समितिमा निर्जीवन बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन

२०६१ कार्तिक २६ गते :- बीमा समितिबाट निर्जीवन बीमा व्यवसाय सञ्चालका लागि लाइसेन्स प्रदान

२०६१ मंसिर २ गते :-

  • निर्जीवन बीमा व्यवसाय शुभारम्भ
  • पहिलो पोलिसी छायादेवी पाण्डेबाट सुरुवात
  • पहिलो महाप्रवन्धक दिप प्रकाश पाण्डेयको नेतृत्वमा २५ जना कर्मचारी सहित सञ्चालनमा
  • कम्पनीको केन्द्रिय कार्यालय नयाँ बानेश्वरबाट शुभारम्भ

२०६२ जेठ :- पहिलो शाखा कार्यालय विराटनगरबाट सुरु, दोस्रो शाखा वीरगञ्ज र तेस्रो शाखा न्युरोडबाट सुरुवात

२०६६ चैत १ गते :- थापाथलीमा आफ्नै  भवन निर्माण गरि केन्द्रिय कार्यालय स्थानान्तरण

कम्पनीले स्थापनाकालदेखि अहिलेसम्मको अवस्थामा हासिल गरेका उपलब्धीहरु

बीमा शुल्क आर्जन

शाखा कार्यालय

कम्पनीको अहिलेसम्मको नेटवर्थ

अहिलेसम्म जारी भएका बीमा पोलिसी संख्या 

खुद बीमा दाबी भुक्तानीको अवस्था

खुद बीमा शुल्क आर्जनमा शिखरको स्थान

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

85%

खुसी

5%

दु :खी

5%

अचम्मित

0%

उत्साहित

5%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS