IME Life
Beema Board

नेपाल पुनर्बीमाको ९ औं बार्षिकोत्सव सम्पन्न, नेपाल पुनर्बीमा स्मारिका २०७९ सार्वजनिक

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको ९ औं बार्षिकोत्सव सम्पन्न भएको छ । बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रमुख आतिथ्यता एवम कम्पनीका अध्यक्ष डा.रविन्द्र घिमिरेको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कम्पनीले सोमबार याक एण्ड यति होटलस्थित आफ्नो बार्षिकोत्सव सम्पन्न गरेको हो ।

२०७१ कात्तिक २१ गतेबाट औपचारिक कारोबार सुरु गरेको यस कम्पनीले आठौं वर्ष पुरा गरी ९ औं वर्षमा प्रवेश गरेको हो । कम्पनीले ९ औं वर्षमा प्रवेश गरेको अवसरमा बीमा प्राधिकरणका प्रतिनिधि, बीमक संघका प्रतिनिधि, कम्पनीका कर्मचारी लगाएतको उपस्थितिमा औपाचिरक कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका प्राधिकरणका अध्यक्ष सिलवालले नेपालमा मात्र सिमित नभई विदेशबाट समेट पुनर्बीमा व्यवसाय ल्याउन सुझाव दिएका छन् । नेपालमा पुनर्बीमाको बजार स्थापना गर्न कम्पनीले खेलेकोब भूमिकाको बारेमा उल्लेख गर्दै थप बजार बृद्धि गर्न उनले जोड दिएका हुन् । साथै बीमाको समेत पुनबीमा गर्ने कम्पनीले दाबी भुक्तानी समयमै दिई गर्व गर्न सक्ने बाटो बनाउन समेत उनले सुझाएका छन् ।

Prabhu
Crest

नेपालको बीमा कम्पनीहरु ऋझै डिपेन्डेन्सिबाट मुक्त हुन नसकेको प्राधिकरणका पूर्व अध्यक्ष डा. फक्त ब. केसीको भनाई छ । उनले कार्यक्रममा मन्तव्य राख्ने क्रममा सो कुरा बताएका हुन् । प्राधिकरणमा अध्यक्षको रुपमा रहदा पुनर्बीमा कम्पनीको स्थापनाका लागि आफूले गरेको संघर्षको बारेमा उल्लेख गर्दै ७६ वर्षअघि सुरु भएपनि नेपालमा बीमा कम्पनी अझै डिपेन्डेन्सीबाट मुक्त हुन नसकेको बताएका हुन् । बीमा कम्पनीहरुले आफ्नो क्षमता बढाउन नसक्ने, आफ्नो बलबुतोमा उभिन नसक्दा र प्रतिस्पर्धामा आएको कम्पनीभन्दा आफू तल पर्छु कि भन्ने फियर साइकोलोजीबाट माथि उठ्न नसक्दा बीमा क्षेत्रमा हुनुपर्ने विकास नभएको डा. केसीको भनाई छ ।

यसैगरी कम्पनीले आफ्नो बार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । कम्पनीको व्यवस्थापन, कम्पनीले दिने सेवालाई विश्वासिलो बनाउन सहयोग गरेको भन्दै कम्पनीले सहायक कार्यकारी अधिकृत दामोदर भण्डारी लगाएत ३ जना कर्मचारीलाई सम्मान गरेको हो । यस अवसरमा कम्पनीले पहिलो पटक नेपाल पुनर्बीमा स्मारिका २०७९ समेत सार्वजनिक गरेको छ । कम्पनीका अध्यक्ष डा.रविन्द्र घिमिरेले आउँदो दिनमा पुनर्बीमा व्यवसाय थप जटिल र चुनौतीपूर्ण हुने भन्दै बीमा क्षेत्रमा दक्ष जनशक्तिको उत्पादनमा जोड दिनुपर्ने बताए । यसका लागि आर्थिक एवम प्राविधिक सहयोग गर्न आफू तत्पर रहेको बताए । क्लाइमेट चेन्जका कारण विश्वबजारमा नै पुनर्बीमामा चुनौती आएको उनको भनाई छ । साथै आन्तरिक एवम अन्तराष्ट्रिय बजारमा बढेको प्रतिस्पर्धालाई राइड गर्न सक्ने जनशक्तिको कमी रहेको उनले बताए ।

कम्पनी स्थापनाको अवधिदेखि अहिलेसम्म कम्पनीले १९ प्रतिशत र ५.२६ प्रतिशत लाभांश दिइसकेको छ । जसमा आर्थिक वर्ष २०७६/७७ मा १६.५ प्रतिशत बोनस शेयर र आर्थिक वर्ष २०७७/७८ मा ५ प्रतिशत बोनस शेयर रहेको छ । पछिल्लो बोनस शेयर वितरण पछि चुक्ता पूँजी १२ अर्ब २३ करोड पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS