IME Life

दुई महिनामै साढे दुई अर्ब माथिको सरेण्डर, कुन बीमा कम्पनीको कति (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनीमा सरेण्डर हुने क्रम व्यापक रुपमा बढिरहेको छ । चालु आर्थिक वर्षको दुई महिनामै १९ वटा जीवन बीमा कम्पनीमा २ अर्ब ६६ करोड माथिको सरेण्डर भएको पाइएको छ । बीमा समितिले सरेण्डर घटाउन धेरै प्रयास गर्दा पनि सरेण्डरको क्रम जारी छ ।

चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन मसान्तमा जीवन बीमा कम्पनीहरुमा एक अर्ब ५१ करोडको सरेण्डर भएको थियो । साउनमा ८ हजार ४२२ वटा पोलिसी सरेण्डर भएको छ । यहि क्रमले भदौमा पनि निरन्तरता भएको छ । भदौमा एक अर्ब १४ करोड रुपैयाँको सरेण्डर भएको छ । भदौ एक महिनामा मात्रै ८ हजार ५२ वटा पोलिसी सरेण्डर भएका छन् ।

Prabhu
Crest

साउन र भदौ दुई महिनामा भने १६ हजार ४७४ वटा पोलिसी सरेण्डर भएको बीमा समितिले जनाएको छ । सरेण्डर हुने क्रम व्यापक रुपमा बढे सँगै बीमा समितिले तीन वर्षसम्म सरेण्डर गर्नै नपाउने व्यवस्था गरिदिएको थियो । तर समितिले निर्देशन जारी गर्नु भन्दा अगाडीका पोलिसी भने अहिले भकाभक सरेण्डर भइरहेका छन् ।

दुई महिनाको अवधिमा सर्वाधिक धेरै सरेण्डर नेपाल लाइफको एक अर्ब ५ करोड रुपैयाँको सरेण्डर भएको छ । भदौ महिनामा ४१ करोड ४९ लाख सरेण्डर भएकोमा साउनमा भने ६४ करोडको भएको थियो । त्यस्तै दोस्रो धेरै सरेण्डर एलआइसी नेपालको छ । एलआइसीमा दुई महिना भित्र ६१ करोड ४७ लाखको सरेण्डर भएको छ । तेस्रो धेरै नेशलन लाइफको ४२ करोड ७२ लाख रुपैयाँ छ । एशियन र राष्ट्रिय बीमा कम्पनीमा १० करोड भन्दा माथिको सरेण्डर छ । सर्वाधिक कम सानिमा लाइफको ६६ लाख रुपैयाँको मात्रै छ ।

जीवन बीमा उद्योगमा वास्तविक बीमा भन्दा पनि बीमा अभिकर्ता, बीमा कम्पनीका कर्मचारी तथा उच्च व्यवस्थापनले नै आ-आफ्नो टार्गेट पुरा गरेर तोकिएका इन्सेन्टिभ तथा सुविधा प्राप्त गर्न सरेण्डर गराइरहेका छन् । साउनमा बीमा कम्पनीहरुले नै बीमा समिति समक्ष सरेण्डर रोकिदिनु पर्यो भन्दै हारगुहार गर्न पुगेका थिए । जीवन बीमा कम्पनीहरुको अस्वस्थ प्रतिस्पर्धाले गर्दा यस्तो अवस्था आएको हो ।

पोलिसी सरेण्डर हुँनु जीवन बीमा कम्पनीका लागि सबैभन्दा घातक मानिन्छ । कम्पनीहरुले जीवन बीमा पोलिसी भित्र्याउन अभिकर्ताहरुलाई प्रथम बीमा शुल्कको २५ प्रतिशत भन्दा माथिको कमिशन तथा इन्सेन्टिभ दिइसकेका हुन्छन् । जीवन बीमा कम्पनीहरुले आर्जन गर्ने प्रथम बीमा शुल्क आर्जन र दोस्रो बीमा शुल्क आर्जनबाट खासै पैसा बचाउन सकेका हुँदैनन् । उनिहरुले २ वर्ष पछिको बीमा शुल्क आर्जनलाई मात्रै पुर्ण रुपमा सदुपयोग गर्न सक्ने भएकाले छोटो समयमा सरेण्डर हुँदा बीमा कम्पनी र बीमित दुबैलाई घाटा हुन्छ ।

सरेण्डर हुँदा बीमितले एकदमै कम मात्रै रकम फिर्ता पाउने भएकाले उनिहरुको मानसिकतामा जहिले पनि बीमा कम्पनीहरु बदमास भन्ने हुन्छ । तर बीमा कम्पनीहरुले अभिकर्तालाई दिने कमिशन, प्रशासनिक खर्च, ब्राण्डिङ लगायतका क्षेत्रमा गरेको खर्च हेर्यो भने धेरै नै नोक्सान पर्न जान्छ ।

त्यसैले बीमा कम्पनीहरुले बीमा पोलिसी सरेण्डर नहुने गरी पोलिसी बिक्री गर्नु पर्ने देखिन्छ । आफ्नो क्षमता भन्दा बढीको बीमा पोलिसी खरिद गर्न थालेमा रोक्नु पर्नेमा बीमा अभिकर्ताहरुले कमिशनको लोभमा क्षमता भन्दा बढीको पोलिसी खरिद गराउने गरेको पाइन्छ । यसका लागि बीमा कम्पनीहरुले फाइनान्सियल अण्डरराइटिङ गर्नु पर्ने हुन्छ । अहिलेको कमजोरी नै यहि हो । खोक्रा टार्गेट पुरा गर्ने अभिकर्ता, कर्मचारीको सम्मान गर्ने संस्कृति जहिलेसम्म रहिरहन्छ तवसम्म बीमा क्षेत्रमा सुधार हुँदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

26%

खुसी

52%

दु :खी

8%

अचम्मित

8%

उत्साहित

6%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS