IME Life
Beema Board

व्यतित बीमा लेखको व्याज छुट पोलिसी अवधिभर कायम गर्न अभिकर्ताको दवाव, तत्काल व्याज नघटाए आन्दोलन गर्ने

SPIL
NIC ASIA

काठमाडौं । बीमा अभिकर्ताहरुले नियम अनुसार बीमा पोलिसी नविकरण छुटको सुविधा पोलिसी अवधिभर कायम रहनु पर्ने माग राखेका छन् । पेशागत बीमा अभिकर्ता संघ नेपालले बीमा कम्पनीहरुले मनलाग्दी  ब्याज छुटको समय सिमा तोक्ने अभ्यासको विरोध गरेका हुन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताले  व्यतित बीमालेखको विलम्ब छुट र बीमालेख धितोकर्जाको व्याजदर परिवर्तनका विषयमा कम्पनीले एकलौटी रुपमा निर्णय गरेको भन्दै विरोध जनाएका हुन् । कम्पनीले बीमा नविकरण छुटलाई १० दिनको मात्रै समय सिमा तोकी छुट दिने व्यवस्था गरेको हुँदा उक्त निर्णयलाई तत्काल फिर्ता लिन समेत अनुरोध गरेका छन् ।

Prabhu
Crest

उनिहरुले यस्तो व्यवस्थालाई बीमितले बीमा अवधिभर जुनसुकै बेला पनि उक्त छुट सुविधा पाउनु पर्ने व्यवस्था गर्न निर्देशन दिएका छन् । त्यस्तै बीमालेख धितो कर्जामा लाग्ने व्याज बढाएको विषयमा पनि अभिकर्ताले विरोध जनाएका छन् । उनिहरुले हालको आर्थिक विषम परिस्थितिलाई मध्यनजर नगरी गैरजिम्मेवार ढंगले एक्कासी वार्षिक १० प्रतिशतबाट १२ प्रतिशतमा बृद्धिगरी बीमित माथि अन्याय गरिएको भन्दै विरोध जनाएका हुन् ।

कम्पनीले यस्तो निर्णय यथासिघ्र फिर्ता नलिएमा पेशागत बीमा अभिकर्ता संघ बीमक केन्द्रिय समिति नेपाल लाइफ जस्तो सुकै कठोर निर्णय गर्न पनि बाध्य रहने चेतावनी समेत दिएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%

खुसी

13%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS