IME Life

१८औँ सिंगापुर अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलन आजबाट शुरु

SPIL
NIC ASIA

काठमाडौं : १८औँ सिंगापुर अन्तर्राष्ट्रिय पुनर्बीमा सम्मेलन (एसआइआरसी) सिंगापुरको मरिना बे स्यान्ड्स एक्सपो र कन्भेन्सन सेन्टरमा साेमबारदेखि सुरु भएको छ । ३ नोभेम्बर सम्म हुने छ ।
सहभागी नेपाली प्रतिनिधिहरुका अनुसार २२०० भन्दा बढी प्रतिनिधिहरुले कार्यक्रमको लागि आफ्नो दर्ता गरेका छन् ।
यस वर्षको सम्मेलनको विषयवस्तु “भविष्यलाई पुनः जाेड्दै…पुनः आकार दिंदै !” हो । काेराेना महामारीकाे कारण आवागमन र व्यापारमा भएकाे संकुचनहरूको दुई वर्ष पछि उद्योगको सकारात्मक भावनालाई प्रतिबिम्बित गर्दछ र विश्वव्यापी अर्थतन्त्र र चुनौतीहरूमा केन्द्रित छ।

Prabhu
Crest

पूनर्बीमा उद्योगलाई आज बढ्दो मुद्रास्फीति, आर्थिक अवरोधहरू, भू-राजनीतिक तनावको मिश्रणमा फ्याँकिएको छ । याे उद्योगले शुद्ध शून्य दिगोपन र जलवायु लचिलोपनतर्फको विश्वव्यापी आन्दोलनको बीचमा आफूलाई पुन: आकार दिन खोजिरहेको छ।

विश्वव्यापीकरण विरोधीको उदय; बढ्दो मुद्रास्फीतिको प्रभाव; नेट शून्यमा संक्रमण; दिगोपन, लचिलोपन र जलवायू सम्बन्धी मुद्दाहरू पनि सम्मेलनमा प्रमुखताका साथ चर्चा गरिने आयाेजकले जनाएकाे छ । एसआइआरसी पहिलाे पटक सन् १९९१ मा शुरू गरिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS